• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

बिदा मनाउन विदेश जाने नेपालीको संख्या बढ्दो, कुन देश जान कति लाग्छ खर्च?

64x64
नेपाल लाइभ मंगलबार, असोज २३, २०७५  ०१:१५
1140x725

काठमाडौं- पछिल्लो समय नेपालीहरू घुमन्ते हुन थालेका छन्। दसैंतिहारका बेला उनीहरु टीकामा मात्रै थाप्दैनन्, घुम्न निस्कन्छन्।देशभित्र मात्र होइन बिदा मनाउन परिवार तथा साथीभाइसँग विदेश भ्रमणमा जाने संस्कार बढ्दैगएको छ। त्यसमा पनि दसैंजस्ता लामोबिदामा विदेश घुम्न जानेहरु थपिन थालेका छन्।

_x000D_ _x000D_

विशेषगरी भ्रमणका लागि नेपालीहरू थाइल्यान्ड, टर्की, दुबई, अजरबैजान, मलेसिया, सिंगापुर, युरोप तथा अमेरिकासम्म जाने गरेका छन्। तर, विगतका वर्षहरुमा अतिनै चर्चामा रहेको इन्डोनेसियाको बाली जाने नेपालीको संख्यामा भने कमी आएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

विशेषगरी लामो बिदा र ट्राभल कम्पनीहरूले ल्याएका ‘टुर प्याकेज’ले विदेश घुम्नका लागि सहज छ। नेपालीको खर्च गर्ने क्षमतामा वृद्धि, हनिमुन तथा घुम्ने संस्कृतिको विकासले समेत विदेश भ्रमण गर्नेहरु बढिरहेको व्यवसायीहरू बताउँछन्।एक-अर्काको अनुसरण गर्दै लामो समय बिदा हुनेबित्तिकै नेपालीमा विदेश घुम्न जाने प्रवृत्ति बढेको नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोसी बताउँछन्। भ्रमणमा जाने नेपालीको संख्यामा बढ्नुमा सामाजिक सञ्जालमा देखिने मनमोहक तस्बिर पनि एक हो। त्यसमा पनि उच्च र मध्यम वर्गीय परिवारका सदस्य पनि चाडबाडका बेला विदेशिने गरेका छन्।

_x000D_ _x000D_

अहिले वार्षिक ४ लाखभन्दा बढी नेपाली विदेश घुमफिरमा जाने गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ। विश्वका विभिन्न देशबाट नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या पनि अहिले वार्षिक १० लाखको हाराहारीमा पुगिसकेको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

अहिले नेपालबाट टर्की, थाइल्यान्ड, अजरबैजान र दुबई भ्रमणमा जाने नेपालीको संख्या बढी रहेको लक्की टुर एन्ड ट्राभल कम्पनीका प्रबन्ध निर्देशक सनम शाक्य बताउँछन्।लक्की ट्राभलबाट मात्रै यस वर्ष ८सयभन्दा बढी नेपालीप्याकेजमा विदेश भ्रमण गइसकेको उनको भनाइ छ। 'यो विगतका वर्षको भन्दा झन्डै ३ सयले बढी हो,' उनी भन्छन्।

_x000D_ _x000D_

 

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

विदेशसँगै नेपालका पर्यटकीय गन्तव्यमा घुमफिरका लागि निस्कनेको संख्या पनि कमी छैन। अहिले नेपालको मनाङ, मुस्ताङ, रारा, पोखरा, इलाम, सौराहालगायत पर्यटकीय गन्तव्य आन्तरिक पर्यटकले भरिभराउ छन्। 

_x000D_ _x000D_

नेपालको पर्यटन बजारमा आन्तरिक पर्यटकको हिस्सा ७० प्रतिशतभन्दा बढी छ। नेपालका पर्यटकीय गन्तव्यबाहेक पनि वार्षिक एक लाखभन्दा बढी नेपाली थाइल्यान्ड र मलेसिया पुग्ने गरेको पर्यटन बोर्डको अनुमान छ।

_x000D_ _x000D_

दुबई, सिंगापुर र अहिले नयाँ गन्तव्यका रूपमा उदय भएका ट्रकी र अजरबैजान भ्रमणमा जाने नेपाली पनि वार्षिक २५ हजारभन्दा बढी छन्। सामान्यता युरोप र अमेरिका भ्रमणमा जाने नेपालीले ४ लाख रुपैयाँसम्म खर्च गर्ने गरेको लक्की ट्राभलको भनाइ  । यसैगरी थाइल्यान्ड र दुबई एक लाख रुपैयाँमै  घुम्न सकिने ट्राभल कम्पनीहरु बताउँछन्।ट्रकी घुम्न भने एक लाख ६० हजार र अजरबैजान घुम्न जाँदा एक लाख ३० हजार रुपैयाँ भए पुग्ने ट्राभल कम्पानीको भनाइ छ।

_x000D_ _x000D_

Xtrem

Xtrem
_x000D_ _x000D_

पछिल्ला केही वर्षदेखि बलियो बन्दै गएको मौद्रिक अवस्था र घुम्ने संस्कारको विकासले पनि यो संख्या बढ्दो क्रममा रहेको बोर्डका कार्यकारी निर्देशक जोशीको भनाइ छ। ट्राभल एजेन्सीहरूले प्याकेज नै बनाएर नेपालीलाई पर्यटकका रूपमा विदेश लैजाने गरेका छन्। दसैंको घटस्थापनादेखितिहारसम्मलाई लक्ष्य गरी सार्वजनिक गरिएका टुर प्याकेजमध्ये ९५ प्रतिशत ‘प्याक’ हुने गरेको एजेन्सी सञ्चाकलहरू बताउँछन्।

_x000D_ _x000D_

पैसा भएका र घुम्न मन पराउनेका लागि यस्ता प्याकेजले सहयोग गरेको जोशीले बताए । कतिपय भने छोराछोरी विदेशमा रहेकै कारण पनि भेटघाट र घुमफिरमा जाने प्रवृत्ति बढेको उनको भनाइ छ। 'घुमफिर गर्नेको संख्या बढ्नु भनेको पर्यटन क्षेत्र सुधारको बाटोफराकिलो बन्दै जानु हो,'जोशीले भने।

_x000D_ _x000D_

_x000D_ _x000D_

दसैंतिहार बिदामा मात्रै २० हजारभन्दा बढी नेपाली ट्राभल एजेन्सीले ल्याएका प्याकेजको प्रयोग गरी विदेश भ्रमणका जाने गरेको ट्राभल कम्पनीहरुको भनाइ छ। हरेक वर्ष बाहिरी मुलुक घुम्ने नेपाली बढ्दै गएको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनील शर्मा बताउँछन्। नेपालमा आउने पर्यटकको मात्र तथ्यांक राखिने गरिएकाले आधिकारिक तथ्यांक नभए पनि हरेक वर्ष यो क्रम बढ्दै गएको उनको भनाइ छ। दसैंको समयमा विदेश घुमघाम गर्ने नेपालीको संख्या बढेसँगै विदेश जाने नेपाली पर्यटक (आउटबाउन्ड टुर)को व्यवसायमा समेत टेवा पुगेको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा)का प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाल बताउँछन्।

_x000D_ _x000D_

तर, हवाई टिकट अभावका कारण विदेश घुम्न जानेको संख्याका केही कमी आएको भएको ट्राभल कम्पनी सञ्चालकहरु बताउँछन्। बैंकक जानेले सहजै टिकट पाउने अवस्था छैन। यति हुँदाहुँदै पनि विदेश जानेको संख्यामा वार्षिक १५ प्रतिशत वृद्धि भएको पर्यटन व्यवसायीहरु बताउँछन्।
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज २३, २०७५  ०१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नारायणी नदीमा बाढीको उच्च जोखिम, चितवन र नवलपरासीका होचा क्षेत्रमा सतर्कता अपनाउन आग्रह आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीपीडितलाई अमेरिकाबाट २ लाख २६ हजार डलर सहयोग आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्