काठमाडौं। नेपाल एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
शनिबार समूह ‘ए’ को अन्तिम खेलमा जापानलाई नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १५० रनको विशाल लक्ष्य दिएको थियो।
तर, नेपालको इनिङ्स सकिएपछि वर्षा भयो। खेल पुन: सुरु हुन नसकेपछि दुवै टोलीले अंक बाँढेका हुन्।
योसँगै नेपाल ३ अंकसहित समूह ‘ए’को शीर्षस्थानमा रह्यो। नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले भने पहिलो खेलमा जापानलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।