काठमाडौं– चिनी उद्योगहरुले पाँच दिनभित्र उखु किसानको रकम भुक्तानी नगरे पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाइने भएको छ।
_x000D_
_x000D_
अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, बन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सोमबार सिंहदरवारमा भएको बैठकले यस्तो निर्देशन दिइएको हो। चाडबाड आइसक्दासमेत चिनी मिलले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले ५ दिनभित्र चिनी मिललाई भुक्तानी गर्न निर्देशन दिएको हो।
_x000D_
_x000D_
चिनी मिलले भुक्तानी नदिएपछि आइतबार पत्रकार सम्मेलन गरी नेपाल उखु उत्पादक किसान संघ, नेपाल उखु उत्पादक महासंघ, किसान हकहित समिति लगायतले संयुक्त रुपमा सडक आन्दोलन गर्ने चेतावनी दिएपछि सरकार तात्तिएको हो।
_x000D_
_x000D_
उद्योगले किसानलाई अपुरो पैसा भुक्तानी गरेको र सरकारले अनुदानको रकम भुक्तानीमा आनाकानी गरिरहेको उनीहरुको आरोप थियो। कृषि मन्त्रालयको सिफारीसमा गत वैशाख ५ गते बसेको मन्त्री परिषदको बैठकले उखु किसानलाई उद्योगले चार सय ७१ रुपैयाँ २८ पैसा र नेपाल सरकारले अनुदान बापत ६५ रुपैयाँ २८ पैसा गरी प्रति क्विण्टल पाँच सय ३६ रुपैयाँ ५६ पैसा दिने निर्णय भएको थियो।
_x000D_
_x000D_
निर्णय भएको ६ महिनासम्म पनि आफूहरुले भुक्तानी नपाएको भन्दै आन्दोलनको बाटो तताउनु परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए। हालसम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नु पर्ने महासंघको दाबी छ ।
_x000D_
_x000D_
'पाँच दिनमा किसानको पैसा तिर्नुपर्ने छ', वाणिज्य सचिव चन्द्र घिमिरेले भने, 'नत्र, गृह मन्त्रालयले पक्राउ गरी कारबाहीको थालनी गर्ने निर्णय भएको छ।'
_x000D_
_x000D_
आयात रोकेर चिनी बिक्री हुने वातावरण मिलाइदिँदा समेत भुक्तानीमा अलमल गरेपछि गत १५ गते सरकारले चिनी उद्योगीलाई किसानबाट किनेको उखुको रकम तत्काल तिर्न निर्देशन दिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले आगामी १५ दिनभित्र उखु किसानको भुक्तानी तिर्ने समयसीमा तोकेको थियो।
_x000D_
_x000D_
तर, त्यसकाे पालना नभएपछि अाज यस्ताे कठाेर निर्णय गर्दै गृह मन्त्रालयमार्फत सबै जिल्ला प्रशासनमा पत्र पठाइएकाे छ। सिडिओहरुलाई भुक्तानी नगर्नेलाई पक्राउ गर्न भनिएको छ।
_x000D_
_x000D_
यसैबीच सरकारले निर्धारण गरेकोभन्दा बढी मूल्यमा चिनी बेच्ने व्यापारीलाई कडा कारबाही गर्न सरकार तम्सिएको छ। सरकारले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकेको छ। चाडबाडको मुखमा व्यवसायीले चिनीमा मनलाग्दी पैसा असुल्न थालेपछि सरकारले मूल्य तोकेर बढीमा बिक्री गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो। त्यसअघि आम उपभोक्तामा जनचेतना जगाउनका लागि मुख्य मुख्य सहरहरुमा माइकिङ गरिने कृषि मन्त्री चक्रपाणी खनालले जानकारी दिए ।
_x000D_
_x000D_
गत बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको थियो।
_x000D_
_x000D_
सरकारले चालू आर्थिक वर्षमा १ लाख मेट्रिक टनभन्दा बढी चिनी आयातमा रोक लगाउने निर्णय गरेपछि व्यापारीहरुले चिनीको कालोबजारी गरी बढी मूल्यमा बिक्रि वितरण गरिरहेको उपभोक्ताले गुनासो गरिरहेका छन्।
_x000D_
_x000D_
गत आर्थिक वर्षमा भारत, पाकिस्तान लगायतका मुलुकबाट सस्तो मूल्यमा चिनी आयात भएकाले स्वदेशी उत्पादन गोदाममा थन्काउनु परेको भन्दै नेपाली उद्योगीहरुले गुनासो गरेपछि सरकारले चिनी आयातमा कोटा प्रणाली तोकेको थियो।
_x000D_
_x000D_
अझै दिएनन् चिनी उद्योगीले उखु किसानको ३ अर्ब भुक्तानी, १५ दिनभित्र तिर्न सरकारको निर्देशन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।