काठमाडौं– आयात रोकेर चिनी बिक्री हुने वातावरण मिलाइदिँदा समेत भुक्तानीमा अलमल गरेपछि सरकारले चिनी उद्योगीलाई किसानबाट किनेको उखुको रकम तत्काल तिर्न निर्देशन दिएको छ। सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले आगामी १५ दिनभित्र उखु किसानको भुक्तानी तिर्ने समयसीमा तोकेको हो।
_x000D_
_x000D_
अहिले चिनी उद्योगीले उखु किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता करिब ३ अर्ब रुपैयाँ छ। यो रकम करिब दुई वर्षअघिदेखि किसानले चिनी उद्योगीलाई बेचेको उखुको मूल्य हो।
_x000D_
_x000D_
आयातित चिनीका कारण उत्पादित चिनी नबिकेको भन्दै उद्योगीले सरकारलाई आयातको कोटा तोक्न बाध्य पारेका थिए। उद्योगीको चर्को दबाबपछि सरकारले गत ३१ भदौमा चिनी आयातमा परिमाणात्मक बन्देज लगाउने निर्णय गरेको थियो।
_x000D_
_x000D_
यसअघि पनि मन्त्रालयले पटक–पटक उखु किसानको बक्यौता भुक्तानी गर्न निर्देशन दिएको थियो। केही समयअघि भुक्तानी रोकेको नाममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गृह मन्त्रालयमार्फत केही उद्योगीलाई पक्राउसम्म गरेको थियो।
_x000D_
_x000D_
किसानको भुक्तानी रोकेको भन्दै सोमबारको सार्वजनिक लेखा समितिको बैठकमा समेत आलोचना भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगीसँग बैठक राखेको थियो। ‘किसानलाई तिर्न बाँकी करिब ३ अर्ब रुपैयाँ तत्काल चुक्ता गर्न उद्योगीलाई भनेका छौं,’ बैठकमा सहभागी एक उच्च अधिकारीले भने।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।