दाङ- गोरुले हानेर रुकुमको मुसीकोट नगरपालिका ९ घोरनेटीका ५२ वर्षीय केवलसिंह खड्काको मृत्यु भएको छ।
_x000D_
_x000D_
आफैले पालेको गोरुले हान्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन्। सोमबार छिमेकी झकप्रसाद खड्काको बारी जोत्ने क्रममा गोरु नार्न लाग्दा उनलाई गोरुले हानेको स्थानीय खडानन्द शर्माले जानकारी दिए।
_x000D_
_x000D_
खड्काको शव पोस्टमार्टमका लागि सदरमुकाम खलंगा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।