काठमाडौं- सडक निर्माण कार्यलाई सहयोग गर्ने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले कलंकी-नागढुंगा सडकखण्ड आसपास आज दिनभर विद्युत कटौती गर्ने भएको छ।
_x000D_
_x000D_
प्राधिकरणले एक सूचनामार्फत स्यूचाटार सवस्टेसनबाट प्रवाहित हुने विद्युत कटौती गर्न लागेको हो।
_x000D_
_x000D_
प्राधिकरणका अनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत कटौती हुनेछ। कलंकी-नागढुंगा सडकखण्डको ढुंगेअड्डादेखि तीनथाना बस बिसौनीसम्म प्रसारण लाइन सार्नुपर्ने भएकाले स्युचाटार सब स्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने तीनथाना, नैकाप, सतुंगल लगायतका स्थानमा विद्युत कटौती हुने भएको हो।
_x000D_
_x000D_
तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालन गर्न सकिनेसमेत प्राधिकरणले जनाएको छ।
_x000D_
_x000D_
सडक निर्माण गर्ने ठेकेदारलाई अविलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिल्लो समयमा २४ घन्टा नै सो क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।