चौतारा- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ घिक्केबाट जलवीरेतर्फ आउँदै गरेको बा४ख ३३३१ नं को टिपर दुर्घटना हुँदा बलेफी गापा–१ सिम्ले ढाडे निवासी ६९ वर्षीय मोहन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ।
_x000D_
_x000D_
दुर्घटनामा बाह्रबिसे नपा–७ निवासी चालक २२ वर्षीय रमेश श्रेष्ठ र सहचालक काभ्रे पाँचखाल नपा–५ का २४ वर्षीय प्रवीण बानियाँ घाइते भएका छन्। दुवैको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
_x000D_
_x000D_
ढुङ्गा लोड गरिएको उक्त टिपर सडक भासिएर करिब २ सय मिटर तल घेलुङ खोलामा खसेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।