बनेपा- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन्।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना४त २८४० नं को ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का २५ वर्षीय इमरन मन्सुरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। घटनामा घाइते भएकामध्ये सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का ३५ वर्षीय जनग मन्सुर, सोही ठाउँका १६ वर्षीय फिरोज मन्सुर र २३ वर्षीय असरख मन्सुरलाई वीर अस्पतालमा रिफर गरिएको छ।
_x000D_
_x000D_
जगागिर मन्सुर, नाजम मन्सुर र इकुन मन्सुरको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ।
_x000D_
_x000D_
ट्याक्टरमा चालकसहित आठ जना सवार रहेका थिए। चालकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।