• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

अदालतको आदेशपछि पोखरा महानगरलाई 'टाउको दुखाइ' बन्दै एकीकृत सम्पत्ति कर

64x64
नेपाल लाइभ सोमबार, असोज २२, २०७५  ०१:३६
1140x725

पोखरा– स्थानीय तहको चुनावपछि लागू भएको एकीकृत सम्पत्ति कर अहिले पोखरा महानगरपालिकाको टाउको दुखाइको विषय बनेको छ। नगरसभाले पारित गरेको कर उच्च अदालतले नउठाउन आदेश दिएपछि महानगर समस्यामा परेको हो। 

_x000D_ _x000D_

महानगरले अबदेखि ‘एकीकृत सम्पत्ति कर’ शीर्षकमा कर उठाउन पाउनेछैन। तर कर असुल्न बन्द भएपछि भने महानगरवासी सेवाग्राही झनै ठूलो समस्यामा परेका छन्। महत्वपूर्ण काम पनि करकै कारण रोक्नुपरेको उनीहरुको गुनासो छ। घरजग्गा सम्बन्धी लेनदेन गर्ने सेवाग्राहीलाई एकीकृत कर रोक्का भएकै कारण समस्यामा परेका छन्। 

_x000D_ _x000D_

घरजग्गा जमिनको समयमै ‘तिरो’ तिर्न नपाउँदा समस्या उत्पन्न भएको सेवाग्राही बताउँछन्। ‘जग्गा रोक्का थियो। फुकुवा गर्न महानगरमा कर तिरेको रसिद देखाउनुपर्छ। तर एकीकृत सम्पत्ति कर रोक्का भएकाले काम नै भएन,’ आइतबार महानगर वृतमा भेटिएका जीवन गुरुङले गुनासो गरे। 

_x000D_ _x000D_

गुरुङ जग्गा पुकुवा गरेर त्यसलाई बिक्री गर्ने मनशायले महानगर आएका थिए। ‘जग्गा बेचेर विदेश जानुपर्ने थियो। एकदम हतार छ। काम नै नभएपछि के गर्नु?’ उनले प्रश्न गरे।

_x000D_ _x000D_

गुरुङ आफू विदेश जान लागेको र जग्गा छिट्टै अरुको नाममा पास गर्नुपर्ने बाध्यता रहेको सुनाउँछन्। 

_x000D_ _x000D_

पोखरा–१२ का मालती क्षेत्रीलाई पनि घर बेच्नु थियो। घर किनबेच गर्दा मालपोत कार्यालयमा तिरो तिरेको रसिद देखाउनुपर्छ। ‘कहिलेसम्म काम हुन्छ भन्दा २/४ दिनमै हुन्छ भन्छन्,’ उनले भने, ‘अहिले यस्तो दु:ख दिनु रहेछ। पहिले नै उक्त कर नलिने भनेको भए हुन्थ्यो नि।’ 

_x000D_ _x000D_

घरजग्गा, व्यवसाय वा अन्य कर सबै एकमुष्ट रुपमा लगाइने कर नै एकीकृत सम्पत्ति कर हो। तर नेपालमा भने घर र जग्गाको करलाई स्थानीय तहले एकीकृत करका रुपमा असुल्दै आएका थिए। घर बनेको जग्गाको कित्ता जत्ति ठूलो भए पनि घडेरीकै मूल्यमा महानगरले कर उठाउँदै आएको थियो। नयाँ कानुन अनुसार घर र घर बनेको जग्गाको क्षेत्रफलको १ रोपनीसम्म सम्पत्ति कर लगाउन पाइन्छ। 

_x000D_ _x000D_

सेवाग्राही समस्यामा परेपछि महानगरले भने असोज छिट्टै सेवाग्राहीको समस्या समाधान हुने गरी काम गरिरहेको जानकारी दिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलका अनुसार एकीकृत असुल्न बन्द भएपछि महानगरले नयाँ कार्यविधि बनाइसकेको र त्यसलाई पारित गर्नमात्रै बाँकी रहेको सुनाए। 

_x000D_ _x000D_

‘एकीकृत सम्पत्ति करको नाम संसोधन गरेर कानुन बामेजिम सम्पत्ति कर र भूमिकर लगाउन कार्यविधि तयार भइसकेको छ,’ पौडेलले भने, ‘यो असोज २३ गते राजश्व परामर्श समितिको बैठक बस्छ। त्यसैले यो कार्यविधि पारित गर्छ।’ उनले महानगरले असोज २५ गते कार्यपालिका बैठक बसेर कार्यविधि पारित गर्ने तयारी भइरहेको जानकारी दिए। 

_x000D_ _x000D_

राजश्व परामर्शको असोज २० गते पनि बसेको बैठकले एकीकृत करलाई केही संसोधन गरिसकेको अधिकृत पौडेलले बताए। ‘कार्यपालिका बैठकले पारित गरिसकेपछि सबैको लागि कर फेरि खुल्ला हुन्छ,’ उनले भने, ‘कार्यविधि आइसकेपछि पहिले महानगरको सफ्टवेयर चेन्ज गर्नुपर्‍यो। अहिले हामी त्यसकै लागि लागिरहेका छौं।’ 

_x000D_ _x000D_

असोज ७ गते संविधान हक प्रदत मौलिक हक अन्तर्गत सम्पत्ति हक नै हनन हुनेगरी महानगरले कर असुल्दै आएको भन्दै पोखराका ज्ञानबहादुर कोइराला, शंकरप्रसाद बराल र खडानन्द आचार्यले उच्च अदालत पोखरामा रिट दर्ता गरेका थिए। 

Xtrem

Xtrem
_x000D_ _x000D_

रिट दर्ता भएको एक हप्तामै उच्च अदालत पोखराले महानगरलाई एकीकृत सम्पत्ति नउठाउन अन्तरिम आदेश जारी गर्‍यो। मुद्दा उपर मुख्य न्यायाधीश कुमार चुडाल र न्यायाधीश वीरबहादुर डाँगीको संयुक्त इजलासले असोज १६ गते उक्त आदेश जारी गरेको थियो।

_x000D_ _x000D_

आदेश पाएपछि असोज १७ गते नै महानगरले सबै वडालाई एकीकृत सम्पत्ति शिर्षकमा कर नअसुल्न पत्राचार गरेको थियो।

प्रकाशित मिति: सोमबार, असोज २२, २०७५  ०१:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा
आजदेखि सोह्र श्राद्ध सुरु
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा आइतबार, असोज ११, २०८३
आजदेखि सोह्र श्राद्ध सुरु आइतबार, असोज ११, २०८३
लगातार वर्षापछि देशभरका दर्जनौं सडकखण्डमा आवागमन बन्द, ठाउँ–ठाउँमा पहिरो आइतबार, असोज ११, २०८३
इंग्ल्यान्डमाथि स्पेनको पुनरागमन जित आइतबार, असोज ११, २०८३
भोटेकोशी बाढीमा १ हजार ४५३ शव फेला, ४ हजार ७१८ जना अझै बेपत्ता आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
खेल नतिजाविहीन, नेपाल क्वार्टरफाइनलमा शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्