विराटनगर- प्रदेशसभामा दुई तिहाइ मत रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षि नेपाली कांग्रेसभित्र प्रदेशको नाम र राजधानीको विषयले तीव्र चर्चा पाउन थालेपछि संसदमा पनि यो विषय छिरेको छ।
_x000D_
_x000D_
औपचारिक रुपमा विषय प्रवेश नभए पनि प्रदेशको नाम र राजधानीको विषय प्रदेशसभामा बहस सुरु भएको हो।
_x000D_
_x000D_
संसदको शून्य समय र विशेष समयमा सांसदहरुले राजधानी र नामांकनकै विषय बढी उठाउन थालेका छन्। विधेयकमाथिको छलफलमा पनि यो विषयले राम्रै चर्चा पाएको छ। तर, नाम र राजधानीकै विषय टुंगो लगाउन बसेको नेकपा संसदीय दलको बैठक निर्णयमा पुग्न नसकेपछि स्थगित भएको छ भने दोहोर्याएर बैठक बस्न सकेको छैन।
_x000D_
_x000D_
केही दिनअघि उदयपुर सदरमुकाम गाईघाट पुगेका बेला मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विकेन्द्रित गर्ने कुरा चुहाए। पछिल्लो समय सोही प्रस्ताव चर्चामा आउन थालेपछि संसदभित्र र बाहिर पनि तरंग आएको सांसदहरु बताउँछन्।
_x000D_
_x000D_
सांसदहरु राजधानी विकेन्द्रित गर्ने पक्ष र विपक्षमा बहस गरिरहेका छन्। तर, कहाँ राख्ने भन्नेमा एकमत हुन सकेको छैन।
_x000D_
_x000D_
मुख्यमन्त्री राई भने अहिले पनि राजधानी विकेन्द्रित गर्नु नै समस्याको समाधान भएको अडानमा छन्। तर, यसमा सहमति जुटन सकेको छैन।
_x000D_
_x000D_
सरकारले प्रदेशसभाको चालु अधिवेशनमै नाम र राजधानीको विषय टुंगो लगाउने बताउँदै आएको छ। तर, हालसम्म पनि यो विषयले औपचारिक रुपमा संसदमा प्रवेश पाएको छैन ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।