रसुवा- रसुवामा विद्युत महसुल नतिर्ने ४२ जना ग्राहक कालोसूचीमा परेका छन्।
_x000D_
_x000D_
कालोसूचीमा पर्नेमा ६ वटा सरकारी कार्यालयसहित ४ वटा निजी फर्म र ३२ जना व्यक्ति रहेको नेपाल विद्युत प्राधिकरण धुन्चे वितरण केन्द्रका प्रमुख कृष्णहरि दाहालले बताए। तत्कालीन समयमा विद्युत महसुल नतिरेका गाविस कार्यालय पनि कालोसूचीमा परेका हुन्। 'त्यो महसुल स्थानीय तहले चुक्ता गर्नुपर्छ,' उनले भने।
_x000D_
_x000D_
देश संघीयतामा जानुपूर्व रहेका साविकका गाविसले महसुल नतिरेको दाहालले बताए।
_x000D_
_x000D_
४२ जना ग्राहकबाट २ लाख २० हजार १ सय ५७ रुपैयाँ उठाउन बाँकी रहेको छ।
_x000D_
_x000D_
कालोसूचीमा पर्नेमा २ सय ६५ रुपयाँदेखि ६८ हजार ९ सय ३२ रुपयाँ नतिर्नेसम्म रहेका नेपाल केन्द्रले जनाएको छ। गत वर्ष विद्युत महसुल नतिर्ने २ सय ३४ ग्राहकको लाइन काटिएको थियो। यो आर्थिक वर्षमा २७ ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ। गत वर्ष ९१ लाख २३ हजार रुपैयाँ उठाउन बाँकी थियो। आर्थिक वर्ष २०७४/७५ को पहिलो दुई महिनामा १६ लाख ३२ हजार बक्यौता उठेको छ। त्यस्तै प्राधिकरणले अब ७४ लाख ८१ हजार उठाउन बाँकी छ।
_x000D_
_x000D_
दुई महिनासम्म विद्युत महसुल नतिर्ने ग्राहकको अस्थायी रूपमा लाइन काटिने गरेको छ। लाइन काटिएको ६ महिनासम्म पनि महसुल नबुझाएमा ग्राहकलाई कालोसूचीमा राख्ने गरिएको छ। गत वर्ष २ सय २० वटा लाइन जोडिएको केन्द्रले जनाएको छ।
_x000D_
_x000D_
यहाँ एक वर्षमा ५ वटा ट्रान्सफर्मर जलेका छन्। केही स्थानमा विद्युत चुहावट भइरहेको छ। मासिक रूपमा ९.०५ प्रतिशत विद्युत चुहावट भइरहेको भए पनि नियन्त्रण गर्न नसकिएको बताइएको छ।
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।