काभ्रे- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० खोपासी घर भई बेथानचोक गाउँपालिका–४ शङ्कर पहरीलाई दुई जना छात्रालाई पटकपटक यौन दुर्व्यवहार र बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
मावि तहसम्म अंग्रेजी विषय अध्यापन गर्ने ३१ वर्षीय शिक्षक पहरीलाई पीडितको जाहेरीका आधारमा गत पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताए। 'थप अनुसन्धानमा म्याद थप गरी हिरासतमा राखेका छौँ,' उनले भने।
_x000D_
_x000D_
शिक्षक पहरीले आफ्नै विद्यालयको कक्षा ५ मा अध्ययनरत नौ वर्षका दुई जना छात्रालाई पटकपटक यौन दुर्व्यवहार र करणी गरेको जाहेरीमा खुलाइको छ।
_x000D_
_x000D_
जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि ती दुवै छात्रालाई खाजा खाने समय तथा कक्षाकोठामा अरु विद्यार्थीलाई गृहकार्य गर्न लगाई अन्तिम बेञ्चमा आफूबीचमा बसेर उनीहरुलाई दुर्व्यवहार गर्ने गरेका थिए ।
_x000D_
_x000D_
यस्तै शिक्षक पहरीले स्कुलबाट छुटेर घर जाने समयमा दुईमध्ये एक छात्रालाई एकअर्काले थाहा नपाउने गरी स्कुल तथा बाटोमा एकान्त बनाई ललाइफकाइ बलात्कार गर्ने गरेको उल्लेख गरिएको छ।
_x000D_
_x000D_
पहरीले गत मंगलबार अन्य शिक्षक र विद्यार्थी घर गएपछि एक बालिकालाई स्कुलमै राखेर जबर्जस्ती करणी गरेको र घर पुगेपछि ती बालिकाले आफ्नो आमालाई बताएपछि घटना बाहिर आएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।