काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, रूपन्देहीका कार्यालय प्रमुख (सिडिई) सुरेश ठाकुरविरुद्ध अकुत सम्पत्ति आर्जनको मुद्दा दायर गरेको छ।
_x000D_
_x000D_
विभिन्न बहानामा निर्माण व्यवसायीसँग रकम माग गर्ने र रकम नदिएको खण्डमा अनावश्यक दुःख दिने गरेको भन्दै ठाकुरविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
_x000D_
_x000D_
सार्वजनिक पदमा बहाल रहँदा आर्जन गरेको स्रोत नखुलेको सम्पत्ति सम्बन्धमा छानबिन गर्दा ठाकुरले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकार दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारको आरोपत्रपमा उल्लेख छ।
_x000D_
_x000D_
वैध आयस्रोतका तुलनामा ठाकुरको ३ करोड १८ लाख ७३ हजार ७ सय २० रुपैयाँ स्रोत पुष्टि हुन नसकेको अख्तियारको आरोप पत्रमा उल्लेख छ। ठाकुरले राष्ट्रसेवक भए पश्चात् के कस्तो स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने कुराको स्रोत पुष्टि गर्न नसकेबाट गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ विपरीत कार्य गरेकाले बिगो, बिगो बराबर जरिवाना र कैद सजायको माग अख्तियारको आरोपपत्रमा गरिएको छ।
_x000D_
_x000D_
ठाकुरले सार्वजनिक पद धारण गरेको मिति २०५९ माघ १ गतेदेखि जाँच अवधिमा ७५ लाख १ हजार २ सय वैध स्रोतबाट आर्जन गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
_x000D_
_x000D_
सम्पत्तिको स्रोत नखुलेको पाईएकाले सम्पत्ति विवरण अमिल्दो र अस्वाभाविक देखिन आएको अख्तियारले उल्लेख गरेको छ। ठाकुरले आर्जन गरेको सम्पत्तिलगायत परिवारका सदस्यहरु तथा अन्य व्यक्तिहरुका नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा मौज्दात देखिएको, बीमा लगायत विभिन्न कम्पनीहरुका शेयर खरिद तथा लगानी गरेको,जग्गा लगायतका चल अचल सम्पत्तिहरु खरिद गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
_x000D_
_x000D_
अख्तियारले यसरी आर्जन गरेको सम्पत्ति लुकाउने ठाकुरकी श्रीमती अनिता ठाकुरको नाममा राखेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले गैर कानुनी सम्पत्ति लुकाएको आरोपमा सन्तोष ठाकुर, बलराम उपाध्याय र मिनाक्षी सिन्हालाई पनि विपक्षी बनाई भ्रष्टाचार मुद्दा दायर गरेको हो।
_x000D_
_x000D_
स्टिङ अप्रेसनमा पक्राउ परेको रकम पनि अख्तियारले विशेषमा बुझाएको छ। ठाकुर र श्रीमतीलाई अकुत सम्पत्ति र घुस लिएको अभियोग अख्तियारले लगाएको छ। साउने १२ गते बरामद भएको १२ लाख ५० हजार ५ सय , ठाकुरको कार्यकक्ष र निवासबाट बरामद भएको १ लाख ८ हजार ५ सय, ८ हजार १ सय, युएस डलर १ हजार ५० र युरो ४ सय ८५ तथा ठाकुरले प्रयोग गर्ने बलराम उपाध्यायको प्राइम बैङ्कको खाताको ६६ लाख ५० हजार विशेष अदालतमा प्रमाणको रुपमा अख्तियारले पेश गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।