विराटनगर– मोरङको विराटनगर महानगरपालिका–१५ स्थित विभिन्न स्थानबाट प्रहरीले शुक्रबार १ लाख भन्दा बढीको अवैद्य सामान नियन्त्रणमा लिएको छ।
_x000D_
_x000D_
इलाका प्रहरी कार्यालय रानी, सिमा प्रहरी चौकी रानी र सिआरभीको टोलीले भन्सार छली गरी नेपाल भित्र्याएका खाद्यान्न, कपडा, जुत्ता, स्टिलका थाल, चम्चा, गिलास र दियोलगायतका १ लाख २५ हजार मुल्य बराबरको सामान नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
बरामद गरिएको सामान आवश्यक कानूनी कारबाहीका लागि भन्सार कार्यालय रानीमा बुझाएको इलाका प्रहरी कार्यालय रानीले जानकारी दिएको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।