काठमाडौं- बालुवा व्यवसायीबाट घुस लिएको आरोपमा गत ३१ भदौमा पक्राउ परेका नौमध्ये दुई प्रहरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
_x000D_
_x000D_
आइतबार अख्तियारले महानगरीय प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी जवान मान सिंह रोका र प्रहरी जवान रत्नप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
_x000D_
_x000D_
गिट्टी बालुवाको व्यवसाय गरी बस्ने बेचबिखन गर्ने व्यवसायीलाई डरत्रास देखाइ विभिन्न बहानामा घुस माग गरिरहेको आरोपमा दुईसहित नौ जनालाई अख्तियारले नियन्त्रणमा लिएको थियो।
_x000D_
_x000D_
अख्तियारले रोकाविरुद्ध ५ हजार र रिजालविरुद्ध दुई हजार रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।