काठमाडौं– स्वतन्त्र मधेशका अभियन्ता डा. सिके राउतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
रौतहट प्रहरीले उनलाई आइतबार पक्राउ गरेको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले जानकारी दिए।
_x000D_
_x000D_
राज्य विप्लवको मुद्दामा तारेख बुझ्न अदालत गएका बेला उनलाई अदालत परिसरबाटै प्रहरीले पक्राउ गरेको हो।
_x000D_
_x000D_
उनीमाथि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। राउत यसभन्दा अघि पनि राज्य विप्लवको मुद्दामा पटक पटक पक्राउ पर्दै छुट्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।