धनगढी– सुदूरपश्चिम प्रदेश सभाका विभिन्न चारवटा समितिका सभापति निर्विरोधरुपमा चयन भएका छन्।
_x000D_
_x000D_
आइतबार दिउँसो उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोमा चारवटै समितिमा १/१ जनाको मात्रै उम्मेदवारी दर्ता भएपछि उनीहरु निर्विरोध भएका हुन्।
_x000D_
_x000D_
४ वटा समितिमध्ये ३ जना सत्तापक्ष नेकपाका र एकजना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाटका सभापति निर्विरोध भएका हुन्।
_x000D_
_x000D_
निर्विरोध हुनेमा अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर गोविन्द, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालु चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारीनन्दा बम रहेका छन्। कुँवर, जोशी, चौधरी नेकपा र बम नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हुन्।
_x000D_
_x000D_
सभापतिका उम्मेदवारी दर्ता गर्न उम्मेदवारसहित सत्तापक्ष प्रमुख सचेतक तारा लामा तामाङ र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलसँगै प्रदेश सभा सचिवालय पुगेका थिए ।
_x000D_
_x000D_
निर्विरोध भएको औपचारिक घोषणा भने सोमबारको प्रदेश सभा बैठकमा हुने कानुन अधिकृत तेजप्रकाश जोशीले बताए। सभापतिहरुको सोमबार नै सपथ हुने पनि जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।