काठमाडाैं– असोज १७ गतेदेखि बन्द बाग्मती अञ्चलको मोटरसाइक/स्कुटर दर्ता अझै अन्योलमा छ। यातायात व्यवस्था विभागले बन्द रहेको सवारी दर्ता खुलाउन चालेको कदम सफल हुन नसक्दा दर्ता अन्योलमा परेको हो।
_x000D_
_x000D_
कानुनी अड्चन हटाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्मा लगेको प्रस्तावबारे निर्णय हुन नसक्दा बन्द दर्ता खुला हुन सकेन।
_x000D_
_x000D_
मन्त्रालयले सवारी ऐनमा रहेको दुई नम्बरको वा दुई नम्बरको ठाउँमा तीन नम्बर गर्नेगरी प्रस्ताव लगेको थियो। मन्त्रालयको प्रस्तावमाथि आइतबार बसको मन्त्रिपरिषद्को निर्णय गर्न नसक्दा दर्ता अन्योलमा रहेको छ।
_x000D_
_x000D_
विभागले पनि सवारी ऐनमा रहेको व्यवस्था परिर्वतन नहुँदासम्म मोटरसाइकल दर्ता खुला नहुने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।