मुसिकोट– रुकुम पश्चिमको सल्ले विमानस्थलबाट आजदेखि पुनः हवाई उडान सेवा सुरु भएको छ।
_x000D_
_x000D_
तीन महिनादेखि रोकिएको उडान सेवा आजदेखि काठमाडौं – रुकुम –नेपालगञ्ज उडान गरेर नियमित भएको हो। अबदेखि जहाजले काठमाडौं र नेपालगञ्ज पहिलेकै तालिका अनुसार हप्तामा एक/एक दिन उडान गर्ने सल्ले निगमका निमित्त प्रमुख रमेश पोखरेलले जानकारी दिए।
_x000D_
_x000D_
उनका अनुसार नेपाल वायुसेवा निगमको जहाजले आइतबार काठमाडौं –रुकुम– नेपाजगञ्ज र सोमबार नेपालगञ्ज – रुकुम – काठमाडौँ उडान गर्ने भएको छ।
_x000D_
_x000D_
यसअघि दुर्गम ठाउँमा उडान गर्ने निगमका जहाज अपूग र मर्मत गर्नुपर्ने भएकोले नियमित सेवा अवरुद्ध भएको थियो।
_x000D_
_x000D_
दसैं तिहार नजिकिंँदै गर्दा हवाईसेवा पनि नियमित भएपछि रुकुम पश्चिम तथा पूर्वका यात्रु खुशी भएका छन्।
_x000D_
_x000D_
रुकुमको सल्लेबाट उडान सुरु भए पनि जिल्लाको अर्को विमानस्थल चौरजहारीमा भने अझै उडान सुरु भएको छैन।
_x000D_
_x000D_
चौरजहारी विमानस्थल करीब १६ महिनादेखि हवाईसेवा बन्द भएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।