गौशाला– भारतबाट अवैध रूपमा लुकाइछिपार्इ ल्याएको २ लाख मूल्य बराबरको विभिन्न लत्ताकपडा र पटाका शनिबार महोत्तरी प्रहरीले बरामद गरेको छ।
_x000D_
_x000D_
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार महोत्तरी प्रहरीले चाडपर्वलाई लक्षित गरी भन्सार नाका कडाइ गरिरहेको बेला अवैधरूपमा भारतबाट नेपाल ल्याइएका २ लाख मूल्य बराबरको कपडा र पटाका बरामद गरिएको हो।
_x000D_
_x000D_
उनले जिल्लाको एकडारा गाउँपालिका, सोनमा गाउँपालिका र जलेश्वर नगरपालिकाका भन्सार नाकाबाट अवैध रूपमा लुकाइछिपार्इ भारतबाट नेपाल भित्र्याइएका साडी, कुर्ता सुरुवाल, पेटिकोट, पाइन्टलगायतका कपडा र पटाका बरामद गरिएको बताए।
_x000D_
_x000D_
बरामद कपडा जिल्ला भन्सार कार्यालय महोत्तरीमा बुझाउने तथा पटाकाहरू नष्ट गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।