जनकपुरधाम– फेसबुकमा महिलाको नग्न फोटो सार्वजनिक गरी दिएपछि २० वर्षीय दिवश कामतलाई प्रहरीले पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका–१० का दिवश कामतले महिलाको नग्न फोटो फेसबुकमा सार्वजनिक गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
_x000D_
_x000D_
कामतले फेसबुकको ‘फेक आइडी’ बनाएर त्यसमार्फत केही समय अघिदेखि महिला साथीसँग कुरा गर्दै आएका थिए। च्याटकै क्रममा उनले महिलासँग अनैतिक सम्बन्धका लागि दबाव दिन थाले। महिला त्यसको लागि तयार नभएपछि उनको नग्न तस्बिर सार्वजनिक गरिदिएको बुझिएको छ।
_x000D_
_x000D_
पीडित महिलाले कामतविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले बताए। कामतविरुद्ध साइबर क्राइमअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
अघिल्लो साता मात्रै धनुषा प्रहरीले धनुषाको मिथिलाबिहारी नगरपालिका–३ का ३४ वर्षीय ब्रह्मदेव पण्डितलाई अवैध रुपमा इन्टरनेट सञ्चालन गरेको आरोपमा पक्राउ गरेको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।