धनुषा– भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन खोज्ने एक भारतीयसहित ३ जना जनकपुरबाट पक्राउ परेका छन्।
_x000D_
_x000D_
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ रजौलका ५५ वर्षीय मन्जुर अन्सारी र उनकी श्रीमती ४८ वर्षीया सलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
_x000D_
_x000D_
पक्राउ परेका तसिफ मन्जुरको साला रहेको र मन्जुरले उनलाई छोरा भनी नेपाली नागरिकता दिने तयारी गरेका थिए। मन्जुर र सलामाले भारतीय नागरिक तसिफको नेपाली नागरिकता बनाउने तयारी गरेको सूचनाका आधारमा प्रहरीले खानतलासी गर्दा नागरिकता दिलाउन सम्पूर्ण कागजात तयार अवस्थामा बरामद भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए।
_x000D_
_x000D_
पक्राउ परेका तीनै जनालाई हिरासतमा राखी यसपूर्व नक्कली नागरिकता बनाउने कार्यमा सङ्लग्न रहे नरहेकाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।