इटहरी– नागरिक समाजको अगुवाइमा शनिबार इटहरीमा प्रदेश १ को नाम के उपयुक्त हुनसक्छ भन्ने विषयमा प्रदेश सांसदहरूबीच अन्तरक्रिया भएको छ।
_x000D_
_x000D_
प्रदेशको उपयुक्त नाम तोकिँदा पहिचान, इतिहास, संस्कृति, भूगोल अन्य महत्वपूर्ण विषय र सबै नागरिकले उपयुक्त ठहर गरेको शब्दावलीलाई लिनुपर्नेमा विषयविज्ञ वक्ताले आ–आफ्नो तर्क प्रस्तुत गरेका थिए।
_x000D_
_x000D_
उक्त अन्तरक्रियात्मक कार्यक्रममा प्राज्ञ उपानाथ रिजाल, सञ्चारकर्मी जनकऋषि राई, अध्ययता मोहन तिम्सिना, विजय लिम्बू र सत्यनारायण राजधामीले प्रदेश नं १ को नाम कोशी, सगरमाथा, चोमोलोङमा, किरात, थरूहट आदि राख्न उपयोगी हुने बताए।
_x000D_
_x000D_
प्रदेश नं १ का उपसभामुख सरस्वती पोखरेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सांसदहरू सर्वध्वज साँवा, सावित्री श्रेष्ठ, तुलसीप्रसाद न्यौपाने, राजन राई, लिलम बस्नेत, वसन्तदेवी चौधरी, बिना राई लगायतको सहभागिता रहेको थियो।
_x000D_
_x000D_
उक्त अवसरमा सांसदहरूले प्रदेशको नामसँगै प्रदेश नं १ को राजधानी इटहरीलाई केन्द्रबिन्दुमा राखेर निधो गर्दा उपयुक्त हुने तर्कसमेत अघि सारिएका थिए। रासस
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।