काठमाडौं– चिनीको भाउ बढाउन चलखेल भएको आरोपमाथि छानबिन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले गरेको आग्रहलाई सभामुख कृष्णबहादुर महराले अस्वीकार गरेका छन्। ‘संसदिय समितिभित्र उठेका विषयमाथि सरकारले हस्तक्षेप गर्न मिल्दैन,’ संसदीय मामिला पत्रकारसँग गोदावरीमा उनले भने, ‘समितिको आन्तरिक विषय त्यहीँभित्र छलफल हुन्छ।’
_x000D_
_x000D_
चिनीको मूल्यमा घाेटाला भएकाे अाराेपको खण्डन गर्दै उद्यागमन्त्री मातृका यादवले छानबिनका लागि सदनसमक्ष माग गरेका थिए। जवाफमा सभामुख महराले संसदका समितिहरु अाफ्नाे रुपमा स्वतनत्र भएकाले सरकारले हस्तक्षेप गर्न नसक्ने बताएका थिए। केही दिनदेखि लेखा समिति र उद्याेग मन्त्रीबीच चिनिकाे मुल्य बारेमा विवाद हुँदै अाएकाे छ।
_x000D_
_x000D_
मन्त्री यादवले आफूमाथि चिनीकाे मूल्य बढाउन चलखेल गरेकाे गरेको भन्दै विभिन्न सञ्चार माध्यममा आएको समाचारको समेत खन्डन गर्दै संघीय संसदका सभामुख मार्फत सार्वजनिक लेखा समितिलाई छानबिन गर्न माग गरेका थिए।
_x000D_
_x000D_
सभामुखलार्ई गरिएको पत्राचारमा यादवले आफूमाथि कुनै आधार र प्रमाण बिना एक अर्ब ६९ करोड रुपैयाँ बराबरकाे चिनीकाे मूल्य बढाउन चलखेल गरेकाे भन्ने समितिका सदस्यले भ्रामक सूचना दिएकाले यथाशीघ्र छानबिन गरी गलत आरोप लगाउने समितिका सदस्यमाथि कारबाहीको मागसमेत गरेका थिए।
_x000D_
_x000D_
चिनीको मूल्य छानबिन गर्न समितिले लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिसकेको छ।
_x000D_
_x000D_
याे पनि पढ्नुहोस्
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।