काठमाडौं– वर्षभरीमा सबैभन्दा बढी खपत हुने समय अर्थात दसैं, तिहारलगायतका चार्डपर्वको मुखमा विगतका वर्षझैं यो वर्षपनि चिनीको मूल्य अनियन्त्रित बनेको छ।
_x000D_
_x000D_
चिनीको मूल्य निर्धारण गर्ने सम्बन्धमा सरकार र संसदबीचमै विवादसमेत देखिएको छ। संसद र सरकारका बीचमा मूल्य निर्धारणका सम्बन्धमा विवाद बढ्दा जनता र व्यापारीहरुमा भने चिनीको मूल्य कति? भन्ने अन्योलसमेत बढेको छ। बिहीबार मात्रै संघीय संसदको सार्वजनिक लेखा समितिले ६३ रुपैयाँमा चिनीको बिक्रीवितरण गर्ने व्यवस्था मिलाउन सरकारलाई निर्देशन नै दियो।
_x000D_
_x000D_
तर, शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले भने ७० रुपैयाँ भन्दा कम मूल्यमा खरिद गर्न उपभोक्तालाई आग्रह गरेका छन्। चिनीको मूल्य कति हो? भनेर प्रश्न गर्दा उनले यकिन मूल्य बताउनुको साटो गोलमटोल जवाफ दिए। मन्त्रीको यो जवाफपछि बजारमा चिनीको मूल्य कति हो भन्ने कुरा व्यापारीको हातमा भर पर्ने देखिएको छ।
_x000D_
_x000D_
सरकारले चिनीको मूल्य यती नै भनेर निर्धारण गर्न सकेको छैन। जसको कारण उपभोक्ताले एकै मूल्यमा चिनी खरिद गर्न पाएका छैनन्।
_x000D_
_x000D_
मन्त्री यादवले लेखा समितिले दिएको निर्देशन पालना गर्न नसक्ने बताउँदै चिनीको मूल्य प्रतिकिलो ७० रुपैयाँमा बेच्न उपयुक्त भएकोतर्फ संकेत गरे।
_x000D_
_x000D_
उनले ७० रुपैयाँभन्दा बढी मूल्यमा चिनी बिक्री गर्नेलाई कारबाही गर्न सरकारले अनुगमन गरिरहेको बताए। ‘७० रुपैयाँ प्रतिकिलो भन्दा बढी मूल्यमा चिनी खरिद नगर्नुहोस्। बढी पैसा लिएमा हामीलाई खबर गर्नुहोस्।’, उनले भने, ‘मन्त्रालयले आफ्नो वेबसाइटमा सूचना अधिकारी लगायत अन्य सरोकारवालाको नम्बर राखेको छ। बढी मूल्य तिर्नुपरे त्यसमा फोन गर्नुहोस्।’
_x000D_
_x000D_
मन्त्रालय र लेखा समितिले छुट्टा–छुट्टै मूल्य निर्धारण गरे पनि सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा मूल्य विवादका कारण चिनीको बिक्री भएको छैन। यता, खुद्रा व्यापारीहरुले चिनीको मूल्य न्यूनतम ७० रुपैयाँदेखि अधिकतम १ सय रुपैयाँसम्म बिक्री गर्दै आएका छन्।
_x000D_
_x000D_
यसको एकरुपता कायम गर्न मन्त्रालयलले अनुगमन गरिरहेको मन्त्री यादवले बताएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।