काठमाडौं– साता कारोबारको चौथो दिन सेयर बजार घटेको छ। आइतबार र सोमबार बढेको बजार मंगलबारदेखि घटिरहेको हो।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.२८ अकंले घटेर २६५३.४७ बिन्दुमा समेटिएको छ। ३१४ कम्पनीको २ करोड ३४ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।
८ कम्पनीको मूल्य बढ्यो भने १५९ को घट्यो, एउटाको स्थिर रह्यो। समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ। हाइड्रोपावर ०.७४, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.३७ र अन्य समूह ०.१९ प्रतिशत बढे।
बैंकिङ ०.१२, विकास बैंक १.२५, होटल तथा पर्यटन १.१३, फाइनान्स ०.४६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.६२ तथा व्यापार समूह ०.१५ प्रतिशत घटे।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। १० प्रतिशत बढेका कम्पनीमा पियोर इनर्जी र जोशी हाइड्रोपावर छन्।
युनियन हाइड्रोपावरको ९.२२, सिंगटी हाइड्रो इनर्जीको ८.०९ तथा पन्चकन्या माइ हाइड्रोपावरको ८.०५ प्रतिशत मूल्य बढ्यो।
कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। सप्तकोशी विकास बैंकको ७.३९, ग्रिन डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा सानिमा माइ हाइड्रोपावर, सिंगटी हाइड्रो इनर्जी, बुटवल पावर, ङादी ग्रुप र युनियन हाइड्रोपावर छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।