काठमाडौँ –भारतको कोलकाताको एक होटलमा मंगलबार राति भएको आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । भने २२ जनालाई उद्दार गरिएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।
आगो नियन्त्रणमा लिएको जनायएको छ । होटल भित्र अझै केही मानिसहरु फसेको हुन सक्ने आसंकामा उद्दार कार्य जारी राखिएको छ । पुलिस कमिश्नर मनोज वर्माका अनुसार आगो ऋतुराज होटलमा राती करीब ८ः१५ बजे लाग्न सुरु गरेको थियो । आगो नियन्त्रणमा प्रहरी परिचालन गरिएको थियो । लगतै १४ शव फेला परेको जनाइएको छ ।
प्रारम्भिक जाँचबाट होटलको चौंथो तलमा बिजुली मीटरमा शट भएर आगो लागेको जनाइएको छ । घटनास्थालमा रहेका एक प्रत्यक्ष दर्सीका अनुसार आगो लागेपछि मानिसहरु बच्नका लागि होटलको छत तथा झ्यालबाट समेत हाम फालेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।