काठमाडौं- सर्वोच्च अदालतले ऐतिहासिक बागदरबार भत्काउने निर्णय तत्काल कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ।
_x000D_
_x000D_
न्यायाधीश दीपकराज जोशीको एकल इजलासले ऐतिहासिक बागदरबार भत्काउने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो।
_x000D_
_x000D_
पुरातत्व विभागले काठमाडौं महानगरपालिकालाई दरबारको मौलिकतामा परिर्वतन नहुने गरी पुनः निर्माण गर्न भने तापनि महानगरपालिकाले भत्काउने तयारी गरको उल्लेख गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्माले सर्वोच्च अदालतमा सोमबार रिट निवेदन दायर गरेका थिए।
_x000D_
_x000D_
सर्वोच्च अदाललते मौलिकता परिर्वतन नहुने गरी पुनः निर्माण गर्नुेपर्ने भएकाले तत्काल सो दरबार नभत्काउन र मुद्दाको अन्तिम किनारका नलाग्दासम्म संरक्षण गर्न आदेशमा भनेको छ। साथै, आदेशमा लिच्छवीकालीन, मल्लकालीन, राणाकालीन शाहकालीन सबै दरबार जोगाउन भनेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।