काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलास उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
उक्त रिटमाथि शुक्रबार सुनुवाइ गर्दै उनलाई थुनामुक्त गर्ने आदेश दिइएको हो ।
प्रहरीले पछिल्लो पटक उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।