• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक २६, २०८२ Wed, Nov 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महाधिवेशनपछि पनि राजपा अध्यक्ष मण्डल कायमै रहने

64x64
नेपाल लाइभ बुधबार, असोज १७, २०७५  ०८:३६
1140x725

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा)ले परिमार्जित विधान निर्वाचन आयोगमा पठाएको छ। महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै रहने व्यवस्था गरिएको परिमार्जित विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने उल्लेख गरेको छ।

_x000D_ _x000D_

सोमबार राजपाले निर्वाचन आयोगमा 'राष्ट्रिय जनता पार्टी नेपालको विधानः २०७४ (संशोधन र परिमार्जितः २०७५)' पठाएको छ। केही अघि बसेको अध्यक्ष मण्डलले परिमार्जित विधान पारित गरेको हो।

_x000D_ _x000D_

विधान पारित भएसँगै राजपाका नेताहरुमा भने असन्तुष्टि देखिएको छ। अध्यक्ष मण्डलको बैठकले मात्रै विधान पारित गरेको र कतिपय प्रावधानका विषयमा पर्याप्त छलफल नै नभएको  नेताहरुले टीप्पणी गरेका छन्। ' परिमार्जित विधान राजनीतिक समिति वा केन्द्रीय समितिबाट अनुमोदन गर्न आवश्यक समेत ठानिएन', एक जना राजनीतिक समिति सदस्यले भने।

_x000D_ _x000D_

गत असारमा बसेको राजपाको राजनीतिक समितिको बैठकमा महाधिवेशनपछि अध्यक्ष मण्डलको व्यवस्था खारेज गर्ने सहमति भएको थियो। तर, गत भदौ २५ र २६ गतेको अध्यक्ष मण्डलको बैठकले सहमति विपरीत विधान परिमार्जन गरी आफ्नो अस्तित्व निरन्तर गरेको हो। आफूले अभ्यास गर्दै आएको शक्ति छाड्न अध्यक्ष मण्डलले नचाहेको देखिएको छ', एकजना सदस्यले नेपाल लाइभलाई बताए।

_x000D_ _x000D_

यसका साथै, अध्यक्ष मण्डल झन् शक्तिशाली बनाइएको छ। अन्तरिम विधानमा रहेको अधिकारमा कुनै थपघट त गरिएको छैन। तर, तल्ला तहका कतिपय निर्णयमा समेत अध्यक्ष मण्डलको चाहना हाबी हुने देखिन्छ।

_x000D_ _x000D_

स्थानीय तहमा पार्टीको संगठनात्मक ढाँचा भनेर ६ तह उल्लेख गरिएको छ। जसमा वडा कार्यसमिति, गाउँपालिका कार्यसमिति, नगरपालिका कार्यसमिति, जिल्ला कार्यसमिति, प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमिति, संसदीय निर्वाचन क्षेत्रीय कार्यसमिति र जिल्ला कार्यसमिति छन्। यसअघि अन्तरिम विधानमा रहेको प्रादेशिक कार्यसमितिलाई उल्लेख गरिएको छैन।

_x000D_ _x000D_

विधानमा तल्ला तहका संगठनलाई शक्ति हस्तान्तरण गर्न कञ्जुस्याइँ गरिएको एक नेताले बताए। 'सामान्यतया, केन्द्रको मातहत प्रदेश, प्रदेशको मातहत जिल्ला र जिल्लाको मातहत स्थानीय तहका कमिटिहरु रहनुपर्ने हो', उनले भने, 'तर राजपाको विधान भने शक्तिशाली केन्द्रको अवधारणामा छ। वडा अध्यक्षको उम्मेद्वार समेत केन्द्रले नै निर्णय लिने अधिकारको अभ्यास गर्न खोजिएको छ।'

_x000D_ _x000D_

'सबै निर्णय यँहीबाट लिने भए तलको संगठन किन बनाउनुपर्‍यो? केन्द्रीय समिति किन चाहियो? अध्यक्ष मण्डलमात्रै राखे पनि भैगाे'उनले आक्रोश पोखे।

Ncell 2
Ncell 2
_x000D_ _x000D_

राज्यको केन्द्रीकृत सोच विरुद्ध लड्ने दलले नै विधानमार्फत केन्द्रीकृत सोचलाई नै निरन्तरता दिएको आरोप समेत उनले लगाए। 'देश संघीयतामा गइसक्यो, प्रदेश सरकार पनि बनिसक्यो। तर प्रदेशमा राजपाको तदर्थ समिति समेत छैन। निर्वाचन आयोगले समेत उसलाई प्रादेशिक समिति बनाउन भनिसकेको छ। तर राजपाले टेरेको छैन। विधानमा पनि स्पष्ट व्यवस्था गरिएको छैन', उनले भने।

_x000D_ _x000D_

परिमार्जित विधानले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई कुनै सांगठनिक स्पष्टता प्रदान गरेको छैन। धारा १८ मा केन्द्रीय स्तरका समितिहरु भनेर केन्द्रीय कार्यसमिति, केन्द्रीय पदाधिकारी समिति, केन्द्रीय राजनीतिक समिति लगायतका विविध समिति छन्। तर, जसरी स्थानीय तहको पार्टीको संगठनात्मक ढाँचा भनेर तल्लाे तहका ६ वटा कमिटिको स्पष्ट व्याख्या गरिएको छ। 'यो व्यवस्थाले अहिले भइरहेको केन्द्रीय कार्यसमितिले कुनै वैधानिकता पाउँदैन', राजपाका ती नेताले भने।

_x000D_ _x000D_

अन्तरिम विधान पनि रहेको तर अभ्यासमा नरहेको चक्रीय प्रणालीलाई परिमार्जित विधानमा पनि निरन्तरता दिइएको छ। जहाँ भनिएको छ- 'अध्यक्ष मण्डलका अध्यक्षहरुले आफूहरुमध्येबाट पालैपालो दुई-दुई महिनाको कार्यकाल चक्रीय प्रणालीको आधारमा रहने गरी एक जना संयोजक चयन गर्नेछन् र उक्त कार्यकालमा उक्त संयोजकले बैठकको अध्यक्षता एवं निर्णयको प्रमाणीकरण लगायत पार्टीसँग सम्बन्धित कार्यहरु गर्नेछन्।'

_x000D_ _x000D_

यसका साथै, राजपाले दुई वर्षभित्र महाधिवेशन गरिसक्ने व्यवस्था परिमार्जित विधानमा गरेको छ। यसअघि एक वर्षमा अधिवेशन गर्ने उल्लेख थियो। अन्तरिम विधानको धारा २२ (१०) मा भनिएको थियो – राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन १ वर्ष भित्र सम्पन्न गरिनेछ। तर सोमबार निर्वाचन आयोगमा पठाइएको विधानमा १ वर्षको ठाउँमा २ वर्ष उल्लेख गरिएको छ।

_x000D_ _x000D_

६ वटा मधेस केन्द्रित दल मिलेर ०७४ बैशाख ७ मा राजपा गठन भएको थियो। त्यसपछि निर्वाचन आयोगमा बुझाइएको पार्टी विधानमा एक वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो। सोहीअनुसार गत जेठ २४ गते निर्वाचन आयोगले उसलाई असार ३० सम्म महाधिवेशन गरिसक्न पत्र पठाएको थियो।

_x000D_ _x000D_

आयोगको पत्रमा भनिएको थियो- त्यस राजनीतिक दलको विधानको धारा २२ को उपधारा (१०) मा 'राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय महाधिवेशन १ वर्षभित्र सम्पन्न गरिनेछ' भनी उल्लेख भएकोमा आयोगको मिति २०७४-३-३० को निर्णयले उक्त पार्टी एकीकरण भएको हुँदा एकीकरण भएको मितिले विधानमा उल्लेख भएबमोजिम १ वर्षभित्र महाधिवेशन सम्पन्न गरी आयोगलाई जानकारी गराई दिनुहुन निर्देशानुसार अनुरोध छ।'

_x000D_ _x000D_

आयोगको पत्रपछि राजपा दबाबमा थियो। निर्वाचन आयोगले निर्देशन गरेको समयमा महाधिवेशन सम्पन्न गर्न सम्भव नभएपछि राजपाले विधान नै संशोधन गर्ने उपाय अपनाएको हो। भदौ २५ र २६ गते बसेको अध्यक्ष मण्डलको बैठकले परिमार्जित विधान पारित गरेको हो।

_x000D_ _x000D_

यद्यपि, राजपाको गत असार ६ गते बसेको बैठकले २०७६ बैशाख ७, ८ र ९ मा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

_x000D_ _x000D_

यो पनि पढ्नुहोस्ः

_x000D_ _x000D_

असार ३० सम्म महाधिवेशन गर्न राजपालाई निर्वाचन आयोगको निर्देशन

_x000D_ _x000D_

राजपाले बैशाखमा महाधिवेशन गर्ने 

_x000D_ _x000D_

राजपा हिँडेको बाटो : संघर्षमा अलमल, उद्देश्य अनिश्चित

_x000D_ _x000D_

राजपा गठन भएपछि धेरै नेताले त्राण पाए : शरतसिंह भण्डारी

प्रकाशित मिति: बुधबार, असोज १७, २०७५  ०८:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर
‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र
सम्बन्धित सामग्री
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर घोषणा सभा केहीबेरमा राष्ट्रिय सभागृहमा सुरु हुँदैछ। सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल र नेता रावलले सम्बोधन गर्नेछन्। बुधबार, कात्तिक २६, २०८२
‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र आयोगका अनुसार कुल दर्ता दलको संख्या १२६ छ। नयाँ दर्ताका लागि निवेदन दिने दलको संख्या २९ रहेको छ। बुधबार, कात्तिक २६, २०८२
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार गृह मन्त्रालयमा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले सरकारसँग प्र... बुधबार, कात्तिक २६, २०८२
ताजा समाचारसबै
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको दुःखद मृत्यु बुधबार, कात्तिक २६, २०८२
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
‘नाउपा नेपाल’ ले पायो दर्ता प्रमाण पत्र बुधबार, कात्तिक २६, २०८२
दुर्गा प्रसाईं समूहका २७ बुँदे माग : प्रदेश खारेज गरेर ५ विकास क्षेत्रदेखि ऋण मिनाहासम्म बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
ऋषि धमलाको संरक्षकत्वमा ‘जनादेश पार्टी नेपाल’ पार्टी दर्ताका लागि आयोगमा निवेदन मंगलबार, कात्तिक २५, २०८२
रहेनन् धर्मेन्द्र, ८९ वर्षको उमेरमा निधन मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्