विराटनगर– विराटनगरमा नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच हात हालाहाल भएकाे छ ।
विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा शुक्रबार दिउँसो दुई पक्षबीच यस्तो भएको हो ।
नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा कुटाकुट भएपछि प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद शुरु भएको थियो । मोरङ प्रहरीले भने दुई पक्षबीच सामान्य विवाद भएको र सोधपुछ मात्र गरिएको बताएको छ ।
कुटाकुटपछि प्रहरीले मुस्लिम कोटाका क्षेत्रीय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमदलाई नियन्त्रणमा लिएको थियो । यही विवादका कारण केही समय मतदान प्रक्रिया रोकिएको थियो । अहिले मतदान पुन सुरु भएको छ ।
वडा अधिवेशनमा सहमति नभएपछि मतदान प्रक्रियामा गएको थियो । वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला मैदानमा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।