काठमाडौँ – काठमाडौँ उपत्यका विश्वकै प्रदूषित शहरको सूचीमा शीर्ष स्थानमा आज पनि कायमै रहेको छ । बुधबार बिहान ८ः १५ बजेको मापन अनुसार काठमाडौँ विश्वकै एयर क्वालिटि इन्डेक्स (एक्यूआई)को सूचीको शीर्ष स्थानमा रहेको हो ।
आज काठमाडौँको एक्यूआई २१६ रहेको छ, जुन मंगलबारको तुलनामा केहि कम भएपनि स्वास्थ्यका हिसाबले एकदमै अस्वस्थकर हो । ५० सम्मको एक्यूआईलाई मात्र स्वस्थ मान्ने गरिएको छ । २ सय भन्दा माथि स्वास्थ्यको लागि एकदमै हानिकारक मानिन्छ ।
हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २०.४ गुणा बढी रहेको छ । वायु प्रदूषण उच्च भएसँगै काठमाडौँमा बिरामीको संख्या पनि बढेको छ । विज्ञहरूले बाहिर व्यायाम नगर्न, मास्क लगाउन तथा झ्यालहरू बन्द गरेर बस्न सुझाव दिएका छन् ।
काठमाडौँपछि भारतको नयाँ दिल्ली दोस्रो तथा चीनको वुहान तेस्रो स्थानमा रहेको छ । त्यसपछि शीर्ष १० स्थानमा क्रमशः युगान्डाको कामपाला, भियतनामको हानोई, पाकिस्तानको लाहोर, म्यानमारको याङ्गोन, कार्गो इजिप्ट, चोङकिङ चीन र चीनको सांघाई शहर रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।