काठमाडौं –काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न १ सय भन्दा बढिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्म १०५ जनालाई पक्राउ परेका छन् । उनीहरूमाथि के–कस्तो कारबाही गर्ने भन्नेबारे छलफल गर्ने तयारी भइरहेको उनले बताएका छन् ।
प्रहरीले यस घटनामा दुर्गा प्रसाईंलाई मुख्य आरोपी बनाएको छ । सरकारले यो घटना अराजनीतिक भन्दै प्रसाईंलाई कारबाही गर्ने जनाएको छ । उनको अहिले खोजीकार्य जारी छ । हाल उनी फरार छन् । उनको खोजी प्रहरीको विभिन्न निकायले गरिरहेको छ ।
प्रहरीले धर्मगुरू पुस्कर खतिवडा, रवीन्द्र मिश्र, धवलशमशेर जबरा, स्वागत नेपाल लगायतका नेताहरुलाई पनि पक्राउ गरिसकेको छ । मुख्य आरोपी प्रसाईको खोजीकार्य तिव्र रुपमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।