काठमाडौं –समाजवादी मोर्चाका नेताहरूले काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा भएको क्षतिको अनुगमन गरेका छन् । मोर्चाले कार्यालयमा भएको तोडफोडको भर्त्सना समेत गरेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू शनिबार बिहान क्षतिको अवलोकन गर्न आलोकनगर पुगेका हुन् ।
अनुगमनमा प्रचण्डसहित नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेसपा अध्यक्ष महिन्द्र राय यादवसहित एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायतका नेताहरू उपस्थित थिए ।
शुक्रबार राजवादीहरूको समूहले पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै लुटपाट र आगजनी गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।