न्युयोर्क- प्रविधि चोरेको भन्ने अमेरिकी दाबीको चीनले खण्डन गरेको छ। शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले अमेरिकी कम्पनीबाट प्रविधि चोरिरहेको भन्ने दाबीको अस्वीकार गरे।
_x000D_
_x000D_
अमेरिकाले चीनमाथि व्यापार नियन्त्रण उपायको प्रमुख मध्येको एउटा कारण प्रविधि चोरी नियन्त्रण पनि भएको बताएपछि चिनियाँ विदेशमन्त्री यीले वासिङ्टनको दाबीको खण्डन गरेका हुन्।
_x000D_
_x000D_
'म यो कुरा प्रष्ट पार्न चाहन्छु कि चीनले विदेशी पेटेन्ट राइट्स (एकस्वाधिकार) चोरी गरेको छैन र गर्न पनि चाहँदैन,' उनले भने, 'न त चीनले आफ्नो प्रविधिको एकस्वाधिकारलाई लिन अरू कसैलाई नै भन्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।