काठमाडौं- साहित्यकार चिरञ्जीवी दाहालको छैटौं कृति हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह 'बाघेझापु' बजारमा आएको छ।
फित्कौली अनलाईन मिडियाले प्रकाशन गरेको 'बाघेझापु' मा समसामयिक विषयमा लेखिएका ४० वटा हास्यव्यङ्ग्य निबन्ध समावेश गरिएका छन् । हालै काठमाडौंमा आयोजित कार्यक्रममा दाहालको 'बाघेझापु' सहित आठवटा कृति एकै पटक विमोचन भएका हुन् ।
'बाघेझापु' मा देशको राजनीति, साहित्य, समाजसेवा र कर्मचारी संयन्त्रमा हुने गरेका विकृति र विसङ्गतिको चिरफार गर्दै समाजका सबैजसो क्षेत्रमा तिखो तर शालीन प्रहार गरिएको छ ।
दाहालको यसअघि 'सम्वृद्धि' संयुक्त मुक्तक सङ्ग्रह, 'मुमूर्षा आत्मकथा, 'बहरमाला २' संयुक्त गजल सङ्ग्रह, 'ग्रीष्मजा उपन्यास, 'बहरमाला ३' संयुक्त गजल सङ्ग्रह गरि पाँचवटा कृतिहरू प्रकासित भइसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।