• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २७, २०८२ Thu, Nov 13, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

किन फेरि नेपाल अाउँदैछन् भारतीय प्रधानमन्त्री माेदी?

64x64
नेपाल लाइभ मंगलबार, असोज ९, २०७५  ००:४५
1140x725

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिरको दोस्रो हप्ता नेपाल भ्रमणमा आउने भएका छन्। काठमाडौँस्थित भारतीय दूतावास स्रोतलाई उल्लेख गर्दै भारतीय सञ्चार माध्यमले बताएअनुसार मोदी मंसिर १२ र १३ गते नेपाल भ्रमणमा आउन लागेका हुन्। भारतको प्रधानमन्त्रीका रूपमा निर्वाचित भएपछि मोदीको यो पाँचै नेपाल भ्रमण हुनेछ। 

_x000D_ _x000D_

आगामी नेपाल भ्रमणको अवसरमा मोदीले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमले बताएको छ। यसअघि बैशाख २८ र २९ गते नेपालको धार्मिक भ्रमणमा आउँदा होस् अथवा गत भदौ १४ र १५ गते नेपालमा आयोजना चौथो बिम्स्टेक सम्मेलनमा नेपाल आउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले मोदीलाई दुवै पटक लुम्बिनी भ्रमणको निम्ता दिएका थिए। सार्वजनिक रुपमा बुद्ध जन्मभूमि लुम्बिनी भ्रमणको बारम्बार चाहना राखेको मोदीले अन्ततः लुम्बिनी भ्रमण गर्ने निधो भएको हो।

_x000D_ _x000D_

मोदीले पहिलो पटक नेपालको भ्रमण २०७१ साउन १८ र १९ गते गरेका थिए। भारतको प्रधानमन्त्रीको रुपमा निर्वाचित मोदीले विदेश नीतिमा ‘छिमेक नीति’ लाई पहिलो प्राथमिकता दिने भन्दै आफ्नो पहिलो विदेश यात्रा छिमेकी देश भुटानबाट गरेका थिए भने त्यसपछि नेपाल आएका थिए।

_x000D_ _x000D_

भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पनि सार्क क्षेत्रका सबै सरकार प्रमुखलाई भारतीय प्रधानमन्त्री निवास (पहिले सेभेन रेस कोर्स) मा बोलाएर छिमेक देशलाई प्राथमिकता दिएका मोदीको प्रशंसा भएको थियो। पहिलो पटक नेपालको भ्रमण गर्दा ४५ मिनेट संसद्मा भाषण गरेका मोदीको समर्थनमा नेपालका सांसदले ४९ पटक ताली बजाएका थिए भने बाटोमा सर्वसाधारण पनि मोदीको जयजयकार गाए। जनताले समेत मोदीको स्वागतमा कुनै कमी हुन दिएनन्। 

_x000D_ _x000D_

मोदी चार महिनापछि २०७१ मा नेपाल आउँदा पहिलो भ्रमणको तुलनामा हाउभाउमा निकै परिर्वतन आएको थियो। मंसिर १० र ११ गते काठमाडौँमा आयोजना भएको १८औँ सार्क सम्मेलनमा नेपाल आउँदा मोदी निकै परिवर्तन भइसकेका टीप्पणी भएको थियो।

_x000D_ _x000D_

दोस्रो नेपाल भ्रमणका क्रममा मोदी निर्देशनात्मक रुपमा प्रस्तुत भएको नेपाल कम्युनिष्ट पार्टीका एक उच्च नेता बताउँछन्। ‘पहिलो भ्रमणमा नेपालको शुभचिन्तक जसरी प्रस्तुत भएका यिनै मोदी सार्क सम्मेलनमा सहभागी हुन नेपाल आउँदा निकै परिर्वतित शैलीमा प्रस्तुत भए’, उनले भने, ‘नेपालको संविधान निर्माणमा भारतको अव्यक्त चाहना समेटिनु पर्ने किसिमको उनको अभिव्यक्ति थियो।’

_x000D_ _x000D_

सार्क भ्रमणको अवसरमा नेपाल आउँदा मोदीको जनकपुरमा नागरिक अभिन्नदन गरिने बताइएको भएपनि सुरक्षाको कारण देखाउँदै अन्तिम समयमा नेपाल सरकारले कार्यक्रम स्थगित गर्‍यो। नागरिक अभिनन्दनपछि मोदीले सीमा क्षेत्रका नेपाली जनतालाई साइकल वितरण गर्ने कार्यक्रम थियो। भारतको विहार प्रान्तको चुनाव प्रचार लक्षित उक्त कार्यक्रम रद्द हुँदा मोदीको आत्मसम्मानमा चोट लागेको विश्लेषकहरु बताउँछन्। नेपालमा २०७२ मा भारतले आर्थिक नाकाबन्दी लगाउँदा रद्द गरिएको जनकपुरको नागरिक अभिनन्दनलाई पनि कारण देखाइएको थियो। 

_x000D_ _x000D_

गत बैशाखमा मोदीको नेपाल भ्रमण सुरुवात जनकपुरबाट हुनु र नागरिक अभिनन्दन हुँदा नेपालसँगको सम्बन्ध जुन बिन्दूबाट बिग्रिएको थियो त्यँहीबाट सुधार गर्ने जमर्को भएको विश्लेषण गरियो। धार्मिक भ्रमणमा नेपाल आएका मोदीले कर्नाटक प्रान्तको विधानसभाको निर्वाचन प्रचारका लागि नेपाली भूमि प्रयोग गरेको भारतीय सञ्चार माध्यमले आरोप लगाए। हिन्दू समुदायको बाहुल्य रहेको कर्नाटक क्षेत्रको हिन्दू जनमतलाई प्रभावित गर्न धार्मिक भ्रमणको छद्म भेषमा नेपाल आएको उनीहरुको आरोप थियो। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

धार्मिक भ्रमणमा नेपाल आएका मोदीले जनकपुरधाम, पशुपतिनाथ र मुक्तिनाथ मन्दिरको यात्रा गरे भने दुबै देशका प्रधानमन्त्रीले रामयण सर्किटको संयुक्त उद्घाटन गरे। जनकपुरबाट सुरु भएको रामायण सर्किट भारतको अयोध्यासँग जोडिन्छ। अध्योयामा रहेको राम मन्दिरको विवादलाई भारतीय इतिहासमा लामो समयसम्म चलेको विवादको रुपमा लिइन्छ।

_x000D_ _x000D_

सन् १५२८ बाट शुरु भएको यो विवाद आजसम्म छ। मुगल सम्राट बाबरले अयोध्यामा राम मन्दिर रहेकै ठाउँमा बाबरी मस्जिद निमार्ण गरेको आरोप हिन्दूहरुको छ, जहाँ सन् १९९२ मा दुबै समुदायबीचको असमझदारीले चरम रुप लिएको थियो। रामायण सर्किटको निर्माणबाट त्यस क्षेत्रका हिन्दू समुदायको भावना जित्ने काम गरेको भारतीय सञ्चार माध्यमको विश्लेषण छ।

_x000D_ _x000D_

२०६२/६३ को जन आन्दोलन पश्चात् नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिए पनि नेपालमा ‘हिन्दू सेन्टिमेन्ट’ रहेको र २०७२ को नाकाबन्दी पश्चात् नेपालसँग बिग्रिएको सम्बन्धलाई धार्मिक भ्रमणसँगै सुधार गर्ने अभिप्रायका रुपमा मोदीको वैशाखको भ्रमणलाई लिनुपर्ने कतिपय जानकारको तर्क छ। 

_x000D_ _x000D_

गत वैशाखमा गरेको धार्मिक भ्रमणले कर्नाटक विधानसभा निर्वाचनमा मोदीको पार्टी भाजपालाई सहयोग पुगेको देखिन्छ। भाजपाले कर्नाटकमा राज्य सरकार बनाउन नसके पनि (भाजपाले त्यहाँ केही घण्टा सरकार बनाए पनि सासंदमा बहुमत पुर्‍याउन नसकिने देखेपछि त्यहाँका तत्कालीन मुख्यमन्त्रीले राजीनामा दिएका थिए।) अघिल्लो निर्वाचनमा भन्दा राम्रो पकड स्थापित गरेको थियो। 

_x000D_ _x000D_

गत भदौमा बिम्स्टेक सम्मेलनमा सहभागी हुन मोदी नेपाल आउँदा निर्वाचन लक्षित कुनै हर्कत नगरेका मोदीको आगामी नेपाल भ्रमण भने भारतीय निर्वाचन लक्षित कार्यक्रम रहेको कतिपय विश्लेषकको बुझाई छ। भारतको कुल जनसंख्याको ८० प्रतिशत जनसंख्या हिन्दू छन्। यस्तै बौद्धमार्गीहरु ०.८ प्रतिशत छन्। धार्मिक हिसाबमा फरक सम्प्रदायका भएपनि हिन्दू र बौद्धधर्मावलम्बीहरु आफूलाई एउटै किसिमको धर्मिक समूह अन्तर्गत रहेको मान्ने गर्छन्। तर यी दुई धर्मावलम्बीबीच पनि प्रशस्तै फरक धारणा रहेको छन्। 

_x000D_ _x000D_

आगामी मंसिरमा हुने भनिएको मोदीको नेपाल भ्रमणमा पनि २०१९ अप्रिल महिनामा हुने भारतीय निर्वाचन प्रभावित गर्ने उदेश्यका साथ हुन लागेको विश्लेषकहरुको मत छ। 
_x000D_  

प्रकाशित मिति: मंगलबार, असोज ९, २०७५  ००:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेश प्रदेश सभामा थुनिएका सांसद दुई घण्टापछि बाहिरिए, पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मधेश प्रदेश सभामा थुनिएका सांसद दुई घण्टापछि बाहिरिए, पाँच सांसदलाई सभामुखले गरे पदमुक्त बिहीबार, कात्तिक २७, २०८२
मधेश प्रदेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, प्रदेशसभाभित्रै सांसदहरुबीच हात हालाहाल बिहीबार, कात्तिक २७, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
प्रदेशसभा कटहरीमा सर्ने भएपछि  स्थानीयवासी उत्साहित बिहीबार, कात्तिक २७, २०८२
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक बिहीबार, कात्तिक २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
नेकपामा मिसियो भीम रावलको जागरण अभियान, ७ बुँदे सहमति पत्रमा हस्ताक्षर बुधबार, कात्तिक २६, २०८२
इजरायली राष्ट्रपतिलाई ट्रम्पको आग्रह : प्रधानमन्त्री नेतान्याहूलाई माफी दिनुस् बुधबार, कात्तिक २६, २०८२
ललितपुरमा स्कुटरलाई ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट बुधबार, कात्तिक २६, २०८२
निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको पार्टी खारेज गर्‍यो बुधबार, कात्तिक २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
३ दिनपछि झिनो अंकले बढ्यो सेयर बजार, ४ कम्पनी १० प्रतिशत बढे मंगलबार, कात्तिक २५, २०८२
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश बिहीबार, कात्तिक २७, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्