• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पोल्यान्ड जाने कामदारसँग मनपरी रकम असुल्दै म्यानपावर व्यवसायी

64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०७५  १४:५१
1140x725

काठमाडौं– वैदेशिक रोजगारीका लागि पोल्यान्ड जाने कामदारसँग म्यानपावर व्यवसायीले मनपरी रकम असुल्ने गरेका छन्। म्यानपावर कम्पनीले संस्थागत नभई व्यक्तिगत श्रमस्वीकृति दिई कामदारसँग धेरै रकम उठाउँदै आएका छन्। 

_x000D_ _x000D_

सरकारले पोल्यान्डका लागि संस्थागत श्रमस्वीकृति जारी गर्दैन। रोजगारीका लागि पोल्यान्ड जाने कामदार प्रायः व्यक्तिगत श्रमस्वीकृतिमा म्यानपावरले पठाउँदैआएका छन्। 

_x000D_ _x000D_

रोजगारीका लागि पोल्यान्ड जाने कामदारका हकमा सरकारले हालसम्म कुनै मापदण्ड बनाएको छैन। जसको फाइदा म्यानपावर व्यवसायीले उठाइरहेका छन्। सरकारले पोल्यान्ड जाने कामदारको सेवाशुल्क नतोक्दा त्यसको फाइदा व्यवसायीलाई भइरहेको छ। 

_x000D_ _x000D_

चार महिनाअघि कतारबाट फर्किएर आएका इलामका मनोज लिम्बुले पोल्यान्ड जानका लागि अलसालम ओभरसिज प्रालिमा राहदानी र ५० हजार बुझाए। चार महिनापछि उनको भिसा पनि आयो । तर, अहिले म्यानपावरले पोल्यान्ड जान ९ लाख लाग्ने बताउन थालेको छ। उनले भने, ‘राहदानी पेस गर्दा ३ देखि ५ लाखमात्र लाग्छ भनेको थियो। तर भिसा आएपछि ९ लाख मागिरहेको छ। अब गएन भने ५० हजार फिर्ता हुँदैन भनेको छ।’ 

_x000D_ _x000D_

पोल्यान्डमा मासु प्याकिङको काममा मासिक ६० हजारसम्म कमाइ हुन्छ भनेर आस देखाएको लिम्बु बताँउछन्। 

_x000D_ _x000D_

त्यस्तै, राजधानीमा लिम्बुसँगै भेटिएका भोजपुरका रामबहादुर कार्कीले पनि ८ लाखभन्दा बढी रकम म्यानपावरलाई तिरेर पोल्यान्ड जान लागेको बताए। 

_x000D_ _x000D_

यस्तै दि हिमालयन एचआर प्रालिबाट रोजगारीका लागि पोल्यान्ड जाने तयारीमा रहेका धरानका विवेक राईलाई म्यानपावरले ८ लाख लाग्छ भनेको छ। म्यानपावर कम्पनीहरूले लिम्बु, राई र कार्की जस्तै धेरै कामदारलाई पोल्यान्ड पठाउने नाममा ठूलो रकम असुल्दै आएका छन्। यो विषयमा सरकारी निकाय भने मौन बसेको देखिन्छ। 

_x000D_ _x000D_

म्यानपावर व्यवसायीले पोल्यान्ड जाने कामदारसँग धेरै रकम लिए पनि भरपाई भने कम रकम लिएको दिने गरेको कामदार बताउँछन्। मलेसिया र खाडीका देशमा राम्रै काम छोडेर रोजगारीका लागि पोल्यान्ड जाने नेपाली कामदारको संख्या बढ्दै गएको विभागको तथ्यांकले देखाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_
_x000D_

म्यानपावर व्यवसायीले पोल्यान्ड जाने कामदारसँग धेरै रकम लिए पनि भरपाई भने कम रकम लिएको दिने गरेको कामदार बताउँछन्।

_x000D_
_x000D_ _x000D_

विगत दुई वर्षदेखि रोजगारीमा पोल्यान्ड पठाउने भन्दै म्यानपावरले युवा ठग्ने क्रम बढ्दो छ। पोल्यान्डको रोजगारीका नाममा म्यानपावरमार्फत ठगिएका मासिक सरदर १० जना पीडित विभाग धाउने गरेको विभागले जानकारी दिएको छ। 

_x000D_ _x000D_

म्यानपावरका नाममा डिमान्ड ल्याएर व्यक्तिगत श्रमस्वीकृति गराई ठूलो रकम असुले पनि सम्बन्धित निकायले खासै चासो देखाएको छैन। 

_x000D_ _x000D_

यसरी आँउछ डिमान्ड  

Xtrem

Xtrem
_x000D_ _x000D_

पोल्यान्डबाट कामदारको डिमान्ड म्यानपावर कम्पनीले नै ल्याउने गरेका छन्। प्रायः पोल्यान्डको रोजगार आपूर्ति केन्द्रसँग सम्पर्क गरेर म्यानपावर व्यवसायीले डिमान्ड ल्याउने गरेको व्यवसायीहरु नै बताउँछन्। पोल्यान्डमा कार्यरत कामदारले पनि रोजगारदाता कम्पनीसँग मिलेर डिमाण्ड निकाल्ने गरेको व्यवसायीले बताएका छन्। डिमान्ड ल्याएपछि म्यानपावरले व्यक्तिगत श्रमस्वीकृति निकाल्ने गरेको पाइन्छ। 

_x000D_ _x000D_

श्रम स्वीकृति सरकारबाट लिँदा न्यून लागतको प्रमाण पेस गरी श्रम अनुमति लिने र अनुमतिपछि कामदारसँग ५ देखि ९ लाखसम्म लिने गरेको पाइएको छ। वैदेशिक रोजगार विभागमा पोल्यान्ड पठाउने भनेर धेरै व्यक्तिगत ठगीका मुद्दा परे पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको यो विषयमा ध्यान गएको छैन। 

_x000D_ _x000D_

पछिल्लो समय व्यक्तिगत श्रमस्वीकृति र वैधानिकीकरणका माध्यमबाट पोल्यान्ड जानेको संख्या बढ्दो छ। यो विषयमा सरकारले खासै ध्यान दिएको छैन। 

_x000D_ _x000D_

‘सरकार आफैंले श्रमस्वीकृति जारी गर्दैछ भन्ने प्रश्न उठ्न थालेको छ’, पिपुल्स फोरमका सल्लाहकार सोम लुइँटेलले भने, ‘रोजगारीमा पोल्यान्ड जाने कामदार समस्यामा परेको अवस्थामा त्यसको जिम्मा कसले लिन्छ?’ व्यक्तिगत भिसाका सकारात्मक र नकारात्मक दुवै पक्ष हेरेर मात्र श्रमस्वीकृति जारी गर्नुपर्ने उनको भनाइ छ। 

_x000D_ _x000D_

वैदेशिक रोजगार विभागमा गत महिना पोल्यान्ड पठाउने पानीपोखरीको युनिभर्सल इन्टरनेसनल प्रालि र दि हिमालय एचआर प्रालिका नाममा धेरै उजुरी परेपछि अनुगमन गर्दा ठूलो आर्थिक चलखेल भएको तथ्य विभागले फेला परेको थियो। 

_x000D_ _x000D_

पीडितले म्यानपावरका नाममा उजुरी गरे पनि मुद्दा भने व्यक्तिका नाम पर्ने गरेको विभागले जनाएको छ। 

_x000D_ _x000D_

कानुनी झमेलाबाट जोगिन चलाखी

_x000D_ _x000D_

व्यक्तिगत भिसामा पोल्यान्ड गएका कामदार समस्यामा परेर फर्किए भने कानुनी झमेला नहोस् भनेर म्यानपावरले चलाखी गरेको पाइन्छ। यसरी पठाउँदा भोलि समस्यामा परेका कामदार फर्किंदा कम्पनीका नाममा उजुरी गर्न मिल्दैन। जसका कारण म्यानपावरले व्यक्तिगत भिसामा कामदार पोल्यान्ड पठाउने गरेका छन्। 

_x000D_ _x000D_

संस्थागत रूपमा ठगियो भन्ने कानुनी रूपमा अप्ठयारो पर्ने भएकाले व्यक्तिगत श्रमस्वीकृति लिएर म्यानपावरले कामदार ठग्ने गरेको वैदेशिक रोजगार श्रम कार्यालय काठमाडौंका एक कर्मचारीको भनाइ छ।

_x000D_ _x000D_
_x000D_

मन्त्रालयले पोल्यान्डलाई नयाँ रोजगार गन्तव्य देशका रुपमा लिएको छ। नेपाली युवाका लागि पोल्यान्ड राम्रै श्रम बजार मानिन्छ।

_x000D_
_x000D_ _x000D_

व्यक्तिगत श्रमस्वीकृति लिँदा पनि सम्बन्धित निकायका कर्मचारी र व्यवसायीबीच आर्थिक चलखेल हुने गरेको छ। खाडी र मलेसिया व्यक्तिगत भिसामा जाँदा कुनै पनि व्यक्तिले १७ सय अमेरिकी डलर र के कामका लागि जाने हो तथा कति समय बस्ने भनेर कारणसहितको प्रमाण अध्यागमनमा पेस गर्नुपर्छ। 

_x000D_ _x000D_

पोल्यान्डमा व्यक्तिगत श्रमस्वीकृति लिएर गइरहेको विषयमा सरकारले पनि अध्ययन गरिरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता उद्धवप्रसाद रिजाल बताउँछन्। श्रम कार्यालयमा प्रक्रिया पुर्‍याएर कसैले व्यक्तिगत भिसाका लागि आवेदन दिन्छ भने रोक्न नमिल्ने उनको भनाइ छ।

_x000D_ _x000D_

सरकारीस्तरमै सम्झौता गरेर पठाउन पहल 

_x000D_ _x000D_

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने सरकारी स्तरमै श्रम सम्झौता गरेर पोल्यान्ड श्रमिक आपूर्ति गर्ने पहल गरिरहेको बताउँदै आएको छ। यो विषयमा पोल्यान्डसँग चरणवद्ध छलफल भइरहेको मन्त्रालयको भनाइ छ।

_x000D_ _x000D_

मन्त्रालयले पोल्यान्डलाई नयाँ रोजगार गन्तव्य देशका रुपमा लिएको छ। नेपाली युवाका लागि पोल्यान्ड राम्रै श्रम बजार मानिन्छ।

_x000D_ _x000D_

पछिल्लो समय सरकारसँग श्रमस्वीकृति लिएर करिब ७ हजार नेपाली रोजगारीका लागि पोल्यान्ड पुगेको विभागको तथ्यांकमा छ।
_x000D_  

प्रकाशित मिति: सोमबार, असोज ८, २०७५  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो
कान्ति लोकपथ पनि अवरुद्ध
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काभ्रेमा पहिरो र चितवनमा सडक भासियो शुक्रबार, असोज ९, २०८३
कान्ति लोकपथ पनि अवरुद्ध शुक्रबार, असोज ९, २०८३
रसुवा बाढीमा हालसम्म १४ सय ५३ जनाको शव फेला, अझै ४७ सयभन्दा बढी बेपत्ता शुक्रबार, असोज ९, २०८३
पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी नभएसम्मका लागि बन्द शुक्रबार, असोज ९, २०८३
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्