• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कूल बजेट खर्च ८०.४५ प्रतिशतः ६३ प्रतिशत मात्रै पुँजीगत खर्च, चालू खर्च पनि घट्यो   

64x64
कल्पना घिमिरे सोमबार, असार ३१, २०८१  १८:००
1140x725

काठमाडौं– चालु आर्थिक वर्ष २०८०/०८१ भरीमा ८० प्रतिशत मात्रै बजेट कार्यान्वायन भएको छ। चालू आर्थिक वर्षको साउनदेखि असार मसान्तसम्ममा ८०.४५ प्रतिशत बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

यो वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको कूल बजेट ल्याएको थियो। जसमध्ये १४ खर्ब ८ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ मात्रै खर्च भएको हो।

गत वर्षको तुलनामा चालू वर्षको बजेट खर्च २० अर्ब रुपैयाँले कमी हो। गत वर्ष सरकारले १४ खर्ब २९ अर्ब रुपैयाँको बजेट खर्च गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ। तर चालू वर्षमाभने १४ खर्ब ९ अर्ब रुपैयाँ बराबरमात्रै खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। यसअनुसार गत वर्षको तुलनामाचालू वर्षमा १.३९ प्रतिशत बजेट खर्च कम भएको छ। 

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीको व्यवस्थाअनुसार सरकारले आर्थिक वर्षको मसान्तको दिन खर्च गर्न नपाउँने व्यवस्था रहेको छ। जसअनुसार यो अन्तिमको एक हप्तामा ८६ अर्ब रुपैयाँ खर्च गरेको छ। एक हप्तामा १७ प्रतिशत पुँजीगत खर्च गरेको छ। असार २४ गतेसम्म १ खर्ब ५७ अर्ब रुपैयाँ पुँजीगत बजेट खर्च भएको थियोभने आइतबारसम्म १ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा पछि रकमान्तर भएको तथा अनिवार्य दायित्व बाहेकका सबै प्रकारका भुक्तानी एक साता अघि गर्ने व्यवस्था गरेको छ।

सार्वजनिक ऋणको सावाँ ब्याज, पछिल्लो एक साताको अवधिमा रकमान्तर लगायतको भुक्तानी भने आर्थिक वर्ष सकिनुभन्दा असार मसान्तको अघिल्लो दिनसम्म खर्च गर्न सकिने व्यवस्था छ।

५३ अर्ब घट्यो चालू खर्च
यस्तै सरकारले चालू आर्थिक वर्षभरीमा ८३.४३ प्रतिशत चालू खर्च गरेको छ। यो वर्षको चालू खर्चका लागि सरकारले ११ खर्ब ४१ खर्ब ७८ करोड ४१ लाख रुपैयाँ कूल बजेट छुट्याएको थियो। जसमध्येबाट ९  खर्ब ५२ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खर्च भएको हो। 
गत वर्षको तुलनामा यो वर्ष चालू खर्च घटेको छ। अघिल्लो वर्षको तुलनामा यो वर्ष ५३ अर्ब १३ करोड ७२ लाख रूपैयाँ चालू खर्च घटेको कार्यालयको तथ्यांकले देखाएको छ।

चालु खर्चअन्तर्गत विशेषगरी सरकारको प्रशासनिक खर्च, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको ब्याज भुक्तानी, वित्तीय हस्तान्तरण, तलब भत्ता, सरकारले गर्ने सभा सेमिनार,सरकारले दिने विभिन्न किसिमका ब्याज अनुदान तथा सहुलियत, मेसिनरी तथा अन्य सार्वजनिक सम्पत्तिको मर्मत सम्भारमा लाग्ने खर्च हो।

आर्थिक वर्ष २०३१/०३२ यता चालु खर्च घटेको थिएन तर यो वर्ष भने ५.२७ प्रतिशत खर्च घटेको तथ्यांकले देखाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

चालू आर्थिक वर्षको चालू खर्च २ वर्ष यताकै थोरै हो। आर्थिक वर्ष २०७८/०७९ मा ९ खर्ब ५४ अर्ब रूपैयाँको चालु खर्च भएको थियो। गत वर्ष २०७९/०८७० मा १० खर्ब ५ अर्ब रूपैयाँको भएको थियो। यो वर्ष भने प्रारम्भिक रूपमा ९ खर्ब ५२ अर्ब रूपैयाँ पुगेको छ।

६३.४७ प्रतिशत मात्रै पुँजीगत खर्च
यस्तै चालू आर्थिक वर्षमा ६३.४७ प्रतिशत पुँजीगत खर्च गरेको छ। सरकारले चालू वर्षको पुँजीगत खर्चका लागि ३ खर्ब २ अर्ब ७ करोड ४४ लाख रुपैयाँ बजेट छुट्याएको थियो। जसमध्येबाट १ खर्ब ९१ अर्ब ७३ करोड १६ लाख रुपैयाँ मात्रै पुँजीगत खर्च भएको हो। यसअनुसार गत वर्षको तुलनामा चालू वर्षमा ४२ अर्ब रुपैयाँ पुँजीगत खर्च कमी भएको छ।

हरेक वर्ष सरकारले ठूलो आकारको बजेट ल्याउने तर बजेट खर्च गर्न नसक्ने प्रवृत्ति रहेको छ तर विकास,निर्माण क्षेत्रमा सरकारले गर्नुपर्ने भुक्तानी पनि नगरेको पाइएको छ। पुर्वाधार क्षेत्रमा भुक्तानी गर्नु पर्ने रकम समेत भुक्तानी नहुँदा पुँजीगत खर्च कम हुने देखिएको निर्माण व्यवसायीहरु बताउँछन्। स्थानीय तह, प्रदेश र संघीय सरकारले करिब ५० अर्ब रुपैयाँको बिल भुक्तानी गर्न बाँकी रहेको निर्माण व्यवसायीहरुको गुनासो छ। तर सरकारले भने छुट्याएको बजेटसमेत खर्च गर्न नसकेको देखिएको छ।

वित्तीय व्यवस्थापन तर्फ सरकारले ८६.०७ प्रतिशत खर्च गरेको छ। चालू वर्षमा वित्तीय व्यवस्थापन तर्फ सरकारले ३ खर्ब ७ अर्ब ४५ करोड ३६लाख रुपैयाँ कूल बजेट छुट्याएको थियो। जसमध्येबाट २ खर्ब ६४ अर्ब ६३ करोड १६ लाख रुपैयाँ बजेट खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७२.४३ प्रतिशत राजस्व संकलन
चालू आर्थिक वर्ष भरीमा सरकारले ७२.४३ प्रतिशत मात्रै राजस्व संकलन गर्न सफल भएको छ। सरकारले चालू आर्थिक वर्षभरीमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर १० खर्ब ३० अर्ब ३४ करोड ४३ लाख रुपैयाँ मात्रै संकलन गर्न सफल भएको छ। 

सार्वजनिक ऋणको सावाँ भुक्तनी बढ्यो
सरकारको कूल बजेट खर्च घटेको छ भने सार्वजनिक ऋणको सावाँब्याज भुक्तनी खर्च बढेको छ। अघिल्लो वर्षको तुलनामा सार्वजनिक ऋणको सावा फिर्ता र अन्य सेवा खर्च करिब एक खर्ब रुपैयाँले बढेको छ। 

विशेष गरी सार्वजनिक ऋणको सावा भुक्तानी र सार्वजनिक संस्थानमा ऋण लगानीको लागि खर्च गरिने वित्तीय व्यवस्थापन खर्च गत वर्षको तुलनामा करिब ७५ अर्ब रुपैयाँले बढेको छ। गत वर्ष यस्तो खर्च एक खर्ब ९० अर्ब रुपैयाँ भएकोका थियो। यो पटक भने करिब दुई खर्ब ६५ अर्ब रुपैयाँ भएको छ।

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको सञ्चिति दुई महिनामा ४.३ प्रतिशतले बढेको हो। अमेरिकी डलरमा सञ्चिति ४.६ प्रतिशत... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्