काठमाडाैं- पाँचौ शताब्दीमा निर्मित चाँगुनारायण मूल मन्दिरको जीर्णोद्धार गरिएको छ। २०७२ बैशाखमा गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको थियो।शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्दिरमा क्षमापूजा गर्दै सर्वसाधारणका लागि खुला गरेका हुन्।
_x000D_
_x000D_
चाँगुनारायणसँगै, छिन्नमस्ता सरस्वती, किलेश्वर महादेव मन्दिरको पनि जीर्णोद्धार सम्पन्न गरिएको हो। ऐतिहासिक महत्व बोकेको मन्दिर निर्माण सम्पन्न भएको जानकारी गराउन पाउँदा खुशी लागेको मन्त्री अधिकारीले बताए।
_x000D_
_x000D_
उनले विकास समितिको सभापति हुँदा मन्दिर जीर्णोद्धारका लागि बजेट विनियोजन गर्न खेलेको भूमिका स्मरण गर्दै भने `मन्दिर जीर्णोद्धार सम्पन्न भएकोमा खुशी लागेको छ, अब यी सम्पदाको संरक्षण र उपयोग स्थानीय सरकारले गर्नुपर्छ। हामी केन्द्रबाट सहयोग गर्न तयार छौं।´
_x000D_
_x000D_
मन्दिर परिसरमा आगन्तुक पर्यटक तथा दर्शनार्थीलाई सम्पदाबारे जानकारी दिन ऐतिहासिक घटनाक्रम सहितको सूचना बोर्ड राख्न स्थानीय सरकारका प्रतिनिधिलाई उनले आग्रह गरे।
_x000D_
_x000D_
सन् १९७९ मा विश्व सम्पदा स्थलमा सूचीकृत भक्तपुरस्थित चाँगुनारायण मन्दिर ८० लाखको लागतमा जीर्णोद्धार सम्पन्न भएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले बताए।
_x000D_
_x000D_
दहालले लक्ष्मी नारायण मन्दिर, शंखचक्र गणेश, भीमसेन पाटी, चौघेरा सत्तल र आसपासका सम्पदा पुनः निर्माण गर्न बहुवर्षीय योजना अन्तर्गत बोलपत्र स्वीकृत भएको जानकारी गराएका थिए।
_x000D_
_x000D_
कार्यक्रममा प्रदेश सांसद, भक्तपुर नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी र स्थानीयको उपस्थिति रहेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।