काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमवार काठमाडौं विमानस्थलमा आउने बताएकी छन्।
आइतबार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। उनले लोमा समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमबार काठमाडौं विमानस्थल आउने बताए।
उनले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको जानकारी दिए। उनले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गरे।
मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताए। मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताए।
उनले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको उल्लेख गरे।
आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने उनको भनाइ छ। उनले कार्ययोजना बनाउनको लागि सम्बन्धित निकाय, विज्ञहरुसँग छलफल गरी रहेको बताए।
उनले सरकारले मे २९ तारिकको दिन १७ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सगरमाथाको फेदमा दिवस बनाउने योजना बनाएको बताए।
उनले विगतमा प्रधानमन्त्रीको उपस्थितिमा मनाउने तयारी भएपनि बजेट लगाएको कारण जान नपाएको भन्दै यो वर्ष जेठ १६ गते परेकाले प्रधानमन्त्रीको सहभागिता रहने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।