• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सरकारलाई छैन अब मलको चिन्ता

64x64
कल्पना घिमिरे शुक्रबार, वैशाख १४, २०८१  १०:५४
1140x725

काठमाडौं– केही समयअघि नेपालमा रासायनिक मल किसानको प्रमुख समस्या नै रहेको थियो। समयमा मल नपाउने, पाइहाले पनि चर्को शुल्क तिरेर खरिद गर्नु पर्ने बाध्यता थियो।

नेपालको कृषि क्षेत्रको प्रमुख समस्या नै बनेको थियो रासायनिक मल। तर पछिल्लो समय रासायनिक मलको विषयमा सरकारले चिन्ता गर्न नपर्ने वातावरण बनिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयको भनाइ छ।

मन्त्रालयका सचिव डा गोविन्द शर्मा २०७७ साल यता रासायनिक मल आयातमा समस्या नभएको बताउँछन्। ‘मल वितरणमा कहिँकतै समस्या छ। तर मल आयातमा त्यति समस्या आएको छैन। पछिल्लो समय रासायनिक मलको चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले चालू आर्थिक वर्षमा मलका लागि पर्याप्त मात्रामा बजेट छुट्याएको थियो। आगामी वर्षका लागि मलका लागि बजेट पर्याप्त मात्रामा छुट्याउने तयारी भइरहेको छ।’

अहिले किसानले सस्तो मूल्यमा सहजै रासायनिक मल प्राप्त गरिरहेको शर्माको भनाइ छ। हाल सरकारले ७० देखि ७५ प्रतिशत अनुदान रासायनिक मलमा दिँदै आएको उनी बताउँछन्।

चालू आर्थिक वर्षका लागि सरकारले रासायनिक मललाई ३० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। जसमध्ये मल खरिदमा १६ अर्ब रुपैयाँ र उखु किसानको अनुदान वापतको रकम भुक्तानीमा ५२ करोड रुपैयाँ खर्च भएको मन्त्रालयको भनाइ छ।

यस्तै सरकारले आगामी सिजनका लागि मल खरीद गर्न प्रक्रिया सुरु भइसकेको उनले बताए। मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ९९ हजार ३५ मेट्रिक टन रासायनिक मल मौज्दात छ। जसमध्ये ७० हजार ५६० मेट्रिक टन कृषि सामग्री कम्पनीसँग मौज्दात भएको छ भने २८ हजार ४७५ मेट्रिक टन मल साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग मौज्दात छ।

यस्तै, ७५ हजार ९६६ मेट्रिक टन युरिया मल मौज्दात छ। डीएपी १६ हजार ८३५ मेट्रिक टन र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ।

यस्तै ५१ हजार मेट्रिक टन मल विशाखापटमबाट नेपालतर्फ निर्यात हुने क्रममा रहेको ७५ हजार मेट्रिक टन पोटास विशाखापटनमबाट नेपाल मार्गस्थ रहेको र ३० हजार मेट्रिक टन युरिया भारतको कोलकोत्ता आइसकेको मन्त्रालयले जनाएको छ।

Ncell 2
Ncell 2

यसैगरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको सचिव शर्मा बताउँछन्।

२२५ दिन लाग्छ मल आयात हुन
कृषिमन्त्री ज्वालाकुमारी साह रासायनिक मल अभावको समस्या नभएको तर आयात प्रणालीमा ढिलाई हुने समस्या रहेको बताउँछिन्। कानुनी प्रक्रिया पूरा गरेर मल आयात गर्दा २२५ दिन लाग्ने भएकाले तत्काल रासायनिक मल छिटो आयात गर्नका लागि नीति फेर्नुपर्ने उनको भनाई छ। 

मन्त्री शर्माले मन्त्रालयका सचिव शर्मासहित अन्य कर्मचारीलाई मल छिटो ल्याउन कसरी हुन्छ प्रणाली सुधार गर्न निर्देशन समेत दिइसकी छन्।

‘हप्ता १० दिनभित्र रासायनिक मल ल्याउन के गर्नुपर्छ, त्यो गरौं। कार्यविधि बनाएर हुन्छ वा निर्देशिका बनाएर हुन्छ, मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने छ भने म त्यो गर्छु। तर, किसानले मलका लागि यो वर्ष आन्दोलन गर्न नपरोस्,’ उनले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै भनिन्।

यस्तै सचिव शर्माले पनि  कानुनी प्रक्रिया पूरा गरेर मल खरिद गर्दा २२५ दिन लाग्ने हुँदा मल आयात ढिलो हुने समस्याले अहिले थप चुनौती थपेको बताए।

‘१५ जेठमा सार्वजनिक हुने बजेटले मल किन्नुपर्छ, अनि समयमा कसरी आउँछ ? बजेटमा मलका लागि कति आउँछ भनेर कुरेर बस्यो भने किसानले मल नै पाउँदैन। नेपालको बजेट र सार्वजनिक खरिद प्रणालीका कारण मल खरिदमा समस्या देखिएको,’ शर्माले भने।

सार्वजनिक खरिद ऐन मानेर टेन्डर खोल्दा ४५ दिनको म्याद हुने गरे पनि अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य प्रत्येक बिहीबार परिवर्तन भइरहने हुँदा टेन्डरमा पनि समस्या हुने सचिव शर्मा बताउँछन्।

नेपालको सार्वजनिक खरिद ऐन नफेरी मल किन्न सधैं समस्या भइरहने शर्माको भनाई छ।

वितरणमा स्थानीय सरकार भन्दा विश्वसनीय कुनै निकाय छैन
कृषि विकास मन्त्रालयका अनुसार कृषि सामग्री र साल्ट ट्रेडिङ मार्फत खरिद भएको मल संघीय सरकारले १० प्रतिशत मात्रै राखेर बाँकी सबै प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाउने जनाएको छ।

‘मन्त्रालयको सचिवको संयोजकत्वमा हुने बफरजोनका लागि १० प्रतिशत मल राखिन्छ। बाँकी ९० प्रतिशत रासायनिक मल प्रदेश, प्रदेशले स्थानीय तह र स्थानीय तहले सहकारी मार्फत किसानलाई वितरण गर्ने गरिएको छ,’ शर्माले भने।

तर मल वितरणमा प्रत्येक वर्ष समस्या आउने गरेको उनी बताउँछन्। यस्ता समस्या समाधान गर्न आफूहरुले अनुगमन गरी वितरणमा समस्या सिर्जना गर्नेलाई कारबाहीको दायरामा ल्याउने उनले दाबी गरे।

‘हामीले सबैभन्दा नजिक रहेको स्थानीय सरकारलाई नै भरोसा गरेर मल पठाएका हुन्छौं, उहाँहरूले सहकारीलाई विश्वास गरेरै नै मल वितरण गर्नुभएको हुन्छ,’ शर्माले भने,  ‘हामी जिल्ला प्रशासन कार्यालय र प्रदेशका कृषि कार्यालय मार्फत अनुगमन निगरानी गरिरहेका हुन्छौं। तर पनि कतैकतै समस्या आइरहन्छ।’

उनले वितरणको जिम्मा दिनका लागि स्थानीय सरकारबाहेक अन्य निकाय विश्वासनीय नभएको दाबी गरे। 

३० अर्ब बजेटले मलको माग धान्छ
आगामी वर्षमा पनि ३० अर्ब मललाई छुट्याउनुपर्ने मन्त्रालयका प्रवक्ता सवनम सिवाकोटी बताउँछिन्। जसका लागि मन्त्रालयमा छलफल भइरहेको उनले बताइन्। 

‘रासायनिक मलका लागि आगामी वर्षलाई पनि चालु वर्षको जति नै माग गरेका छौँ। ३० अर्ब रुपैयाँले ६ लाख मेट्रिक टन मल ल्याउन सक्ने देखिन्छ। प्रपोज पनि त्यसरी नै गरिएको छ। २९ अर्ब ४७ करोड मा ६ लाख मेट्रिक टन मल ल्याउन सकिन्छ। त्यसैले मलका लागि ३० अर्ब रुपैयाँ बजेट छुट्याउन आवश्यक रहेकाले त्यसबारे छलफल गरिरहेका छौँ,’ उनले भनिन्।

गत वर्षको तुलनामा विश्व बजारमा रासायनिक मलको मूल्य घटेको यो वर्ष पनि मलका लागि ३० अर्ब रुपैयाँ भए ६ लाख मेट्रिक टन ल्याउन सकिने उनको दाबी छ।

अहिले विश्व बजारबाट आयात गर्दा नेपालसम्म आइपुग्न युरिया ४७० अमेरिकी डलर प्रतिमेट्रिक टन, डीएपी ७५० र पोटास ४६० अमेरिकी डलर प्रतिमेट्रिक टन लागत लाग्ने उनले बताइन्। गत वर्ष २०७९/०८० मा मलको मूल्य विश्व बजारमा महँगो भएकाले मल आयातमा करिब ३८ अर्ब खर्च भएको उनले बताइन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्