• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

सरकारलाई छैन अब मलको चिन्ता

64x64
कल्पना घिमिरे शुक्रबार, वैशाख १४, २०८१  १०:५४
1140x725

काठमाडौं– केही समयअघि नेपालमा रासायनिक मल किसानको प्रमुख समस्या नै रहेको थियो। समयमा मल नपाउने, पाइहाले पनि चर्को शुल्क तिरेर खरिद गर्नु पर्ने बाध्यता थियो।

नेपालको कृषि क्षेत्रको प्रमुख समस्या नै बनेको थियो रासायनिक मल। तर पछिल्लो समय रासायनिक मलको विषयमा सरकारले चिन्ता गर्न नपर्ने वातावरण बनिसकेको कृषि तथा पशुपक्षी मन्त्रालयको भनाइ छ।

मन्त्रालयका सचिव डा गोविन्द शर्मा २०७७ साल यता रासायनिक मल आयातमा समस्या नभएको बताउँछन्। ‘मल वितरणमा कहिँकतै समस्या छ। तर मल आयातमा त्यति समस्या आएको छैन। पछिल्लो समय रासायनिक मलको चिन्ता गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘सरकारले चालू आर्थिक वर्षमा मलका लागि पर्याप्त मात्रामा बजेट छुट्याएको थियो। आगामी वर्षका लागि मलका लागि बजेट पर्याप्त मात्रामा छुट्याउने तयारी भइरहेको छ।’

अहिले किसानले सस्तो मूल्यमा सहजै रासायनिक मल प्राप्त गरिरहेको शर्माको भनाइ छ। हाल सरकारले ७० देखि ७५ प्रतिशत अनुदान रासायनिक मलमा दिँदै आएको उनी बताउँछन्।

चालू आर्थिक वर्षका लागि सरकारले रासायनिक मललाई ३० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। जसमध्ये मल खरिदमा १६ अर्ब रुपैयाँ र उखु किसानको अनुदान वापतको रकम भुक्तानीमा ५२ करोड रुपैयाँ खर्च भएको मन्त्रालयको भनाइ छ।

यस्तै सरकारले आगामी सिजनका लागि मल खरीद गर्न प्रक्रिया सुरु भइसकेको उनले बताए। मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार ९९ हजार ३५ मेट्रिक टन रासायनिक मल मौज्दात छ। जसमध्ये ७० हजार ५६० मेट्रिक टन कृषि सामग्री कम्पनीसँग मौज्दात भएको छ भने २८ हजार ४७५ मेट्रिक टन मल साल्ट ट्रेडिङ कम्पनी लिमिडेटसँग मौज्दात छ।

यस्तै, ७५ हजार ९६६ मेट्रिक टन युरिया मल मौज्दात छ। डीएपी १६ हजार ८३५ मेट्रिक टन र पोटास ६ हजार २३४ मेट्रिक टन मौज्दात छ।

यस्तै ५१ हजार मेट्रिक टन मल विशाखापटमबाट नेपालतर्फ निर्यात हुने क्रममा रहेको ७५ हजार मेट्रिक टन पोटास विशाखापटनमबाट नेपाल मार्गस्थ रहेको र ३० हजार मेट्रिक टन युरिया भारतको कोलकोत्ता आइसकेको मन्त्रालयले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी ३ लाख २२ हजार ३६९ मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको सचिव शर्मा बताउँछन्।

२२५ दिन लाग्छ मल आयात हुन
कृषिमन्त्री ज्वालाकुमारी साह रासायनिक मल अभावको समस्या नभएको तर आयात प्रणालीमा ढिलाई हुने समस्या रहेको बताउँछिन्। कानुनी प्रक्रिया पूरा गरेर मल आयात गर्दा २२५ दिन लाग्ने भएकाले तत्काल रासायनिक मल छिटो आयात गर्नका लागि नीति फेर्नुपर्ने उनको भनाई छ। 

मन्त्री शर्माले मन्त्रालयका सचिव शर्मासहित अन्य कर्मचारीलाई मल छिटो ल्याउन कसरी हुन्छ प्रणाली सुधार गर्न निर्देशन समेत दिइसकी छन्।

‘हप्ता १० दिनभित्र रासायनिक मल ल्याउन के गर्नुपर्छ, त्यो गरौं। कार्यविधि बनाएर हुन्छ वा निर्देशिका बनाएर हुन्छ, मन्त्रिपरिषद्बाट पास गर्नुपर्ने छ भने म त्यो गर्छु। तर, किसानले मलका लागि यो वर्ष आन्दोलन गर्न नपरोस्,’ उनले मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै भनिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस्तै सचिव शर्माले पनि  कानुनी प्रक्रिया पूरा गरेर मल खरिद गर्दा २२५ दिन लाग्ने हुँदा मल आयात ढिलो हुने समस्याले अहिले थप चुनौती थपेको बताए।

‘१५ जेठमा सार्वजनिक हुने बजेटले मल किन्नुपर्छ, अनि समयमा कसरी आउँछ ? बजेटमा मलका लागि कति आउँछ भनेर कुरेर बस्यो भने किसानले मल नै पाउँदैन। नेपालको बजेट र सार्वजनिक खरिद प्रणालीका कारण मल खरिदमा समस्या देखिएको,’ शर्माले भने।

सार्वजनिक खरिद ऐन मानेर टेन्डर खोल्दा ४५ दिनको म्याद हुने गरे पनि अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य प्रत्येक बिहीबार परिवर्तन भइरहने हुँदा टेन्डरमा पनि समस्या हुने सचिव शर्मा बताउँछन्।

नेपालको सार्वजनिक खरिद ऐन नफेरी मल किन्न सधैं समस्या भइरहने शर्माको भनाई छ।

वितरणमा स्थानीय सरकार भन्दा विश्वसनीय कुनै निकाय छैन
कृषि विकास मन्त्रालयका अनुसार कृषि सामग्री र साल्ट ट्रेडिङ मार्फत खरिद भएको मल संघीय सरकारले १० प्रतिशत मात्रै राखेर बाँकी सबै प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाउने जनाएको छ।

‘मन्त्रालयको सचिवको संयोजकत्वमा हुने बफरजोनका लागि १० प्रतिशत मल राखिन्छ। बाँकी ९० प्रतिशत रासायनिक मल प्रदेश, प्रदेशले स्थानीय तह र स्थानीय तहले सहकारी मार्फत किसानलाई वितरण गर्ने गरिएको छ,’ शर्माले भने।

तर मल वितरणमा प्रत्येक वर्ष समस्या आउने गरेको उनी बताउँछन्। यस्ता समस्या समाधान गर्न आफूहरुले अनुगमन गरी वितरणमा समस्या सिर्जना गर्नेलाई कारबाहीको दायरामा ल्याउने उनले दाबी गरे।

‘हामीले सबैभन्दा नजिक रहेको स्थानीय सरकारलाई नै भरोसा गरेर मल पठाएका हुन्छौं, उहाँहरूले सहकारीलाई विश्वास गरेरै नै मल वितरण गर्नुभएको हुन्छ,’ शर्माले भने,  ‘हामी जिल्ला प्रशासन कार्यालय र प्रदेशका कृषि कार्यालय मार्फत अनुगमन निगरानी गरिरहेका हुन्छौं। तर पनि कतैकतै समस्या आइरहन्छ।’

उनले वितरणको जिम्मा दिनका लागि स्थानीय सरकारबाहेक अन्य निकाय विश्वासनीय नभएको दाबी गरे। 

३० अर्ब बजेटले मलको माग धान्छ
आगामी वर्षमा पनि ३० अर्ब मललाई छुट्याउनुपर्ने मन्त्रालयका प्रवक्ता सवनम सिवाकोटी बताउँछिन्। जसका लागि मन्त्रालयमा छलफल भइरहेको उनले बताइन्। 

‘रासायनिक मलका लागि आगामी वर्षलाई पनि चालु वर्षको जति नै माग गरेका छौँ। ३० अर्ब रुपैयाँले ६ लाख मेट्रिक टन मल ल्याउन सक्ने देखिन्छ। प्रपोज पनि त्यसरी नै गरिएको छ। २९ अर्ब ४७ करोड मा ६ लाख मेट्रिक टन मल ल्याउन सकिन्छ। त्यसैले मलका लागि ३० अर्ब रुपैयाँ बजेट छुट्याउन आवश्यक रहेकाले त्यसबारे छलफल गरिरहेका छौँ,’ उनले भनिन्।

गत वर्षको तुलनामा विश्व बजारमा रासायनिक मलको मूल्य घटेको यो वर्ष पनि मलका लागि ३० अर्ब रुपैयाँ भए ६ लाख मेट्रिक टन ल्याउन सकिने उनको दाबी छ।

अहिले विश्व बजारबाट आयात गर्दा नेपालसम्म आइपुग्न युरिया ४७० अमेरिकी डलर प्रतिमेट्रिक टन, डीएपी ७५० र पोटास ४६० अमेरिकी डलर प्रतिमेट्रिक टन लागत लाग्ने उनले बताइन्। गत वर्ष २०७९/०८० मा मलको मूल्य विश्व बजारमा महँगो भएकाले मल आयातमा करिब ३८ अर्ब खर्च भएको उनले बताइन्।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ८० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ८० रु... आइतबार, कात्तिक १, २०८३
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्