• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिको बजेट सिलिङ ५१ अर्ब ८८ करोड : ५८ प्रतिशत मललाई, समेटिएनन् नयाँ कार्यक्रम

64x64
कल्पना घिमिरे शुक्रबार, वैशाख ७, २०८१  १९:३९
1140x725

काठमाडौं– कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ५१ अर्ब ८८ करोड रुपैयाँको कूल बजेट सिलिङ (सीमा) प्रस्ताव गरेको छ। चालू वर्ष २०८०/०८१ भने ५२ अर्ब ४६ करोड रुपैयाँको बजेट  सिलिङ प्रस्ताव गरेको थियो।

जसअनुसार चालू वर्षको तुलनामा आगामी वर्षको बजेट सिलिङ ५८ करोड रुपैयाँले घटेको छ। यस्तै बजेट सिलिङमा जेजति प्रस्ताव भए पनि चालू वर्ष कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई कूल बजेट ५८ अर्ब ९८ करोड रुपैयाँ छुट्याइएको थियो।

यस्तै चालू वर्षमा बजेट सिलिङ ५१ अर्ब ८८ करोड रुपैयाँ तोकिएको भए पनि गत वर्षझैँ बजेट बढेर आउने कृषि मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखाका सहसचिव राजेन्द्र मिश्र बताउँछन्।

यस्तै उनले यो वर्ष नयाँ कार्यक्रम खासै नसमेटिएको तथा पुरानै कार्यक्रम तथा योजनालाई निरन्तरता दिइएको बताए।

‘कृषिको धेरैजसो नियमित कार्यक्रमलाई निरन्तरता नै दिनु पर्ने हुन्छ। यस वर्ष त्यस्तो नयाँ कार्यक्रम छैन। पुरानै कार्यक्रमलाई बढि महत्व दिएर बजेट प्रस्ता गरेका छौं। जस्तो चैते धान , फलफूल तरकारी लगायतका कृषिजन्य वस्तु उत्पादन र प्रवद्र्धनका लागि स्थानीय तहको समन्वयमा विभिन्न कार्यक्रम समेटिएका छन्,’ उनले भने।

कूल बजेट सिलिङमध्ये आगामी वर्षमा ७ शीर्षकमा बजेट सिलिङ प्रस्ताव गरिएको सहसचिव मिश्रले जानकारी दिए। जसमध्ये ७ वटा आयोजनाहरुका लागि १८.६४ प्रतिशत अर्थात् ९ अर्ब ६७ करोड ३९ लाख ६७ हजार रुपैयाँ छुट्याइएको बताए।

यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनामा २ अर्ब ८७ करोड ९९ लाख २८ हजार रुपैयाँ अर्थात् ५.५५ प्रतिशत रहेको उनको भनाइ छ।

438060660_448381974240160_4260661919566021735_n-1713530209.jpg
५८ प्रतिशत रासायनिक मललाई 
कृषि मन्त्रालयको कूल बजेटको ५८ प्रतिशत रासायनिक मललाई बजेट प्रस्ताव गरिएको सहसचिव मिश्र बताउँछन्। उनका अनुसार रासायनिक मलका लागि ५७.८२ प्रतिशत अर्थात् ३० अर्ब रुपैयाँ प्रस्ताव गरिएको छ। गत वर्ष पनि मललाई ३० अर्ब रुपैयाँ बजे विनियोजन गरिएको थियो।

Ncell 2
Ncell 2

उखु उत्पादक कृषकहरुलाई भुक्तानि दिने बजेट २.७९ प्रतिशत अर्थात् १ अर्ब ४५ करोड, बाली तथा पशुपंक्षी बिमाको लागि ८१ करोड अर्थात् १ प्रतिशत, कृषि अनुसन्धान कार्यक्रमका लागि ३ अर्ब ५५ करोडअर्थात् ६.८४ र कार्यक्रम उपभोग लगायतको बजेट ६.७९ प्रतिशत अर्थात् ३ अर्ब ५२ करोड ५६ लाख ५ हजार रुपैयाँको बजेट सिलिङ प्रस्ताव गरिएको मिश्र बताउँछन्।

जसमध्ये ४ अर्ब ४५ करोडा रुपैयाँ कृषि मन्त्रानलयको अनिवार्य दायित्वमा अपुग रहेको मिश्र बताउँछन्। बाली तथा पशुपंक्षी बिमा तर्फका लागि ४ अर्ब रुपैयाँ अनिवार्य दायित्वमा अपुग रहेको उनको भनाइ छ।

अघिल्ला वर्षदेखिको बीमातर्फको ३ अर्ब रुपैयाँ मन्त्रालयले भुक्तानी गर्न नसकेको उनको भनाइ छ। यस्तै उखु किसानलाई उखुको अनुदान  वापतको रकम भुक्तानीका लागि चालू वर्ष र आगामी वर्षको लागि १ अर्ब ४५ करोड रुपैयाँ अनिवार्य दायित्वमा पर्ने बताए।

यी हुन् निरन्तरता पाएका कार्यक्रम 
अघिल्ला वर्षहरुकै कार्यक्रमहरु एक पालिका एक भेटेरीनरी डाक्टर ३६० पालिकामा कार्यक्रमका लागि १९ करोड ८० हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको उनको भनाइ छ। सो कार्यक्रमका लागि चालू वर्षमा १६१ पालिकामा सञ्चालन गरिएको थियो ८ करोड ५० लाख ८ हजार बजेट विनियोजन गरिएको थियो।

यस्तै कृषि स्रातक करार कार्यक्रमका लागि ७२६  पालिकामा ३७ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। चालू वर्ष उक्त कार्यक्रमका लागि ७२६  पालिकामा ३७ करोड ९५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

यस्तै कृषि तथा पशु सेवाका एक गाउँ एक प्राविधिक कार्यक्रमका लागि ६६६ पालिकामा ५५ करोड ५४ लाख २९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ। उक्ता कार्यक्रम चालू वर्षमा ६६६ पालिकामा ५५ करोड ५४ लाख २९ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
हरियो धनियाँ र काँक्रोमा भेटियो अत्याधिक विषादी बिहीबार भक्तपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको हरियो धनियाँमा ५५.२९ प्रतिशत र नवलपरासीबाट ल्याइएको काँक्रोमा ४६.५ प्रतिशत... बिहीबार, मंसिर ४, २०८२
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो १६०, घिउ सिमी (लोकल) प्रतिकिलो १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १५०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, ट... शनिबार, कात्तिक २९, २०८२
कृषिवस्तुहरु ओसारपसार तथा ढुवानीमा सहयोग गरिदिन कृषि विभागको आग्रह ढुवानीको क्रममा राजमार्गमा सिर्जित समस्याले कृषक/कृषि उद्यमी एंव कृषि व्यवसायीबाट गुनासो आएकाले ओसारपसारमा सहजीकरण गरिदिन विभागले आग... शुक्रबार, भदौ २७, २०८२
ताजा समाचारसबै
भ्रष्टाचार मुद्दामा पूर्व अतिरिक्त सचिव मिश्रासँग पाँच लाख धरौटी माग बुधबार, माघ ७, २०८२
९.४३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो बुधबार, माघ ७, २०८२
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने बुधबार, माघ ७, २०८२
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्