बुटवल– बुटवल उप–महानगरपालिकाले पहिलो वर्षलाई अध्ययन वर्षका रुपमा लिँदै अब समृद्धिको आधार वर्षका रुपमा महत्वपूर्ण कामहरू अगाडि बढाउने भएको छ।
_x000D_
_x000D_
मंगलबार पत्रकार सम्मेलन गर्र्दै उपमहानगरपालिकाले ५ वर्षे आवधिक तथा १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ।
_x000D_
_x000D_
गुरुयोजना निर्माणको निम्ति विज्ञ समूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडाबासी र विभिन्न सरोकारवाला निकायसँग सुझाव संकलन समेत गरिएको नगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।सुवेदीले नगर प्रोफाइल पाश्र्वचित्र निर्माण गर्ने काम समेत सम्पन्न भएको बताए।
_x000D_
_x000D_
हिलपार्कमा विशाल बुद्ध मूर्ति बन्ने
_x000D_
हिलपार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिस्ट पार्क निर्माणका लागि सर्र्भे तथा जग्गा एकिन गर्ने काम भइसकेको छ।
_x000D_
_x000D_
हाल डिपिआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले बताए। यो बुद्धमुर्ती लुम्बिनीको मायादेवी मन्दिर परिसरबाट समेत देख्न सकिने गरी डिजाइन भइरहेको बताइएको छ।
_x000D_
_x000D_
यस्तै, शिवनगर सामुदायिक वनमा रामपिथेकस जियोलोजिकल पार्क बनाउन सर्भे तथा जग्गा एकिन गर्ने काम भइरहेकोे छ।
_x000D_
_x000D_
मिलनपार्कको विकासका लागि गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम सुरु भएको छ।
_x000D_
_x000D_
जितगढीमा उजिरसिंहको शालिक र राष्ट्रिय झण्डा
_x000D_
तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक बनाइने भएकोे छ। जितगढी किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी डिजाइन भइरहेको प्रमुख सुवेदीले बताए।
_x000D_
_x000D_
यो कामको डिजाइन तयार पारी निर्माण कार्यका प्रक्रिया अगाडि बढाइएको छ। विभिन्न विज्ञसँगको अन्तरक्रिया र छलफल मार्फत ऐतिहासिक धरोहर जितगढी किल्लाको संरक्षण र प्रर्वद्धन गर्न कार्यपालिकाको बैठकबाट बैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रुपमा मनाउने ऐतिहासिक निर्णय गरीएको साथै जितगढी किल्लाको बारेमा पर्चा निर्माण गरी वितरण भइरहेको छ।
_x000D_
_x000D_
वडा १ र २ पुरात्तात्विक बस्ती
_x000D_
_x000D_
बुटवल उपमहानगर वडा नम्बर १ र २ लाई पुरात्तात्विक बस्तीको रुपमा विकास गर्र्न र १ मा अवस्थित पुरानो नपा भवन भएको स्थानमा बटौली संग्राहलय निर्माण गरिने भएको छ।
_x000D_
_x000D_
यो कामका लागि डिपिआर तयार पार्ने काम अगाडि बढाइएको छ। हिलपार्कमा जनजाति संग्राहलय र मोतिपुरमा थारु संग्राहलय निर्माणका लागि गुरुयोजना निर्माण गर्ने काम अगाडि बढाइएको प्रमुख सुवेदीले बताए।
_x000D_
_x000D_
नरैनापुरमा भ्यू टावर बन्ने
_x000D_
पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने भएको छ।
_x000D_
_x000D_
नरेनापुर भ्यू टावर निर्माण, पार्क निर्माण साथै सिमसार क्षेत्रको रुपमा विकास गर्ने अवधारणाको डिपिआर तयार पार्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।
_x000D_
_x000D_
साथै पार्क संरक्षणका लागि कम्पाउण्ड वाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए।
_x000D_
_x000D_
नुवाकोट र वसन्तपुरलाई बुटवलको हिल स्टेशनका रुपमा विकास गर्न निजी क्षेत्रको सहकार्यमा केबलकारको अवधारणा अगाडि बढाइएको छ। यसका साथै तिनाउ गाउँपालिकाको सहकार्यमा विकास योजना तयार पार्ने काम भइरहेको बुटवलले जनाएको छ।
_x000D_
_x000D_
डिजिटल प्रणालीबाट बुटवल उपमहानगरपालिका क्षेत्र भित्रका करिब ४० हजार भन्दा बढी घरको डिजिटल प्रविधिमा आधारित घर नम्बरिङ गर्ने काम सम्पन्न भएको छ।
_x000D_
_x000D_
निर्माण सामाग्रीको गुणस्तर परीक्षणका लागि आवश्यक उपकरणको खरिद गरी प्रयोगशाला निर्माण गर्ने काम भइरहेको छ।
_x000D_
_x000D_
अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोबास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करिब १६ हजार घरघुरीको लगत संकलन गरी अमिन मार्फत नापजा“च गर्ने प्रक्रिया अगाडी बढाइएको छ।
_x000D_
_x000D_
जवाईमा उजिरसिंह जवई रंगशाला बनाइने
_x000D_
जवई खेल मैदानलाई फुटबल रंगशालाको रुपमा विकास गर्न डिपिआर सम्पन्न गरी निर्माण कार्य अगाडि बढाइएको छ।
_x000D_
_x000D_
यो खेलमैदानका लागि उपमहानगरपालिकाले प्रदेश सरकारसँग समेत समन्वय गरिरहेको छ। प्रदेश सरकारले प्रदेश स्तरको एउटा खेल मैदान बुटवलमा पनि बनाउने घोषणा गरेको थियो। उपमहानगरले यही मैदानलाई बनाउन प्रस्ताव गरेको छ।
_x000D_
_x000D_
यस्तै सिद्देश्वर, तामनगर, नहरपुर र सेमलार गरी ६ वटा खेलमैदान सम्याउने, फिलिङ्ग गर्ने, तारबार गर्ने, पर्खाल लगाउने र मैदानको वरीपरी हिडँडुल गर्न ट्रयाक बनाउने काम भएको छ। सेमलारमा आधुनिक कर्वडहल निर्माण र नगरका अन्य वडामा स–साना खेलमैदानलाई स्तरोन्नती गर्ने काम भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
_x000D_
_x000D_
सामाजिक सुरक्षा तथा क्षमता विकास
_x000D_
७० वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिक, अपांगता भएका नागरिक र एकल महिला गरेर ७ हजार २ सय ७४ जना लाभग्राहीलाई २ हजारका दरले चाडपर्व खर्च वितरण गर्नुका साथै ५ वर्ष मुनिका दलित बालबालिकालाई पोषण प्रोत्साहन कार्यक्रम अन्र्तगत २ हजारका दलले दिने निर्णय भएको छ।
_x000D_
_x000D_
जेष्ठ नागरिक परिचयपत्र र सामाजिक सुरक्षा परिचयपत्र सम्बन्धित वडाबाट वितरण गर्नेे, एकल महिलाको तथ्यांक संकलन गर्ने, अपांगमैत्री शहर बनाउन अपांगता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरी कार्ययोजना निर्माण गर्ने र लैगिंक हिंसा मुक्त बुटवलको कार्ययोजना निर्माण गर्ने काम सम्पन्न गर्नुका साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ११ व्यक्तिहरुलाई ह्विल चियर र २० जनालाई सेतो छडी प्रदान गर्ने काम सम्पन्न भएको छ।
_x000D_
_x000D_
युवा इलम कार्यक्रम अन्र्तगत ३ सय ५० जना युवालाई ३ महिने सीपमूलक तालिम प्रदान गर्ने काम सुरु गरिएको छ। यसका अतिरिक्त करिब ५ सय जनालाई कौसी तरकारी तालिम प्रदान गरिएको छ।
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।