किएभ–युक्रेनका ऊर्जा केन्द्रलाई निशाना बनाउने क्रममा रुसले किएभनजिकैको ट्रिपिलिया पावर प्लान्टमा भिषण आक्रमण गरेको छ। यो युक्रेनका ३ वटा क्षेत्र झाइतोमिर, चेर्कासी र किएभमा विद्युत उपलब्ध गराउने ठूलो पावर प्लान्ट हो ।
ऊर्जा कम्पनी सेन्ट्रेनिग्रोका निर्देशक एन्ड्रिय होटाले ऊर्जा केन्द्रको विनाश डरलाग्दो रहेको बताए । स्थानीय समयअनुसार बिहीबार बिहान भएको हवाई आक्रमणमा ट्रान्सफर्मर, टर्बाइन, जेनेरेटर पूर्ण रुपमा ध्वस्त भएको उनले बताए । यो पावर प्लान्ट किएभबाट ५० किलोमिटर दक्षिणमा पर्छ ।
आक्रमणका बेला कार्यरत कर्मचारी भने सुरक्षित भाग्न सफल भएको बताइएको छ । बिहीबार युक्रेनका विभिन्न स्थानमा ८० भन्दा बढी ड्रोन आक्रमण भएका थिए, जसमध्ये एक तिहाईजति युक्रेनले खसालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।