• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारी वर्षापछि देशका विभिन्न सडकमा आवागमन प्रभावित, केही राजमार्ग पूर्णरूपमा अवरुद्ध

64x64
नेपाल लाइभ शुक्रबार, असोज ९, २०८३  ०७:३६
1140x725
फाइल तस्बिर

काठमाडौं– भारीदेखि अति भारी वर्षाको सम्भावनाका कारण देशका विभिन्न जिल्लामा सडक तथा राजमार्गमा राति सवारी आवागमन रोक लगाइएको छ भने केही स्थानमा पहिरो, बाढी र सडक भासिँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन्।

प्रहरी तथा सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सूचनाअनुसार नुवाकोट, रसुवा, सोलुखुम्बु, दाङ, रोल्पा, धादिङ, भोजपुर, मनाङ, चितवन, मकवानपुर, सिन्धुली, दोलखा, काभ्रे र सिन्धुपाल्चोकलगायत जिल्लाका विभिन्न सडकमा आवागमन प्रभावित भएको हो।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा २०८३ भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।

रसुवाको पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्डमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि २०८३ भदौ ८ गतेदेखि बाटो अवरुद्ध भएको थियो। भदौ १० गते आएको बाढीले सडकको अधिकांश भाग नष्ट गरेको जनाइएको छ।

त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्गको त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। स्याफ्रुबेंसीसम्म जान काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्ने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।

सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गलगायत जिल्लाभित्रका सडकमा राति सवारीसाधन तथा पैदलयात्रुको आवागमन रोक लगाइएको छ। २०८३ असोज ७ गतेदेखि अर्को सूचना जारी नभएसम्म बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यकबाहेकका सवारीसाधन र पैदलयात्रुको आवागमन पूर्ण रूपमा बन्द गरिएको हो।

दाङमा पनि असोज ८ गतेदेखि बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म विभिन्न सडकखण्डमा आवागमन बन्द गरिएको छ। राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–कपुरकोट, भालुवाङ–चकचके सडकखण्डको भालुवाङदेखि गनाहा खोलासम्म, शहीद मार्गअन्तर्गत घोराही–होलेरी, घोराही–मुर्कुटी तथा तुलसीपुर–सुर्खेत सडकखण्डको तुलसीपुरदेखि कालीमाटीसम्मको सडकमा आवागमन रोकिएको छ।

रोल्पामा २०८३ असोज ८ गतेदेखि १२ गतेसम्म माडीचौरस्थित मदन भण्डारी राजमार्गमा सवारी आवागमन रोक लगाइएको छ। भारी वर्षाको सम्भावनाका कारण उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन उच्च जोखिमपूर्ण रहेको मूल्यांकनपछि आवागमन रोकिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र वडा नम्बर १० टिङराङखानीस्थित पृथ्वीराजमार्गमा असोज ८ गते राति करिब ११ः१० बजे अविरल वर्षाका कारण माथिबाट ठूलो ढुंगासहित पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।

भोजपुरमा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अर्को सूचना जारी नभएसम्म साँझ ६ बजेदेखि भित्री तथा सहायक सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ। मध्यपहाडी लोकमार्गमा भने साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सवारीसाधन, एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीसाधनलाई नजिकको प्रहरी इकाईसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

मनाङमा पनि असोज ८ गतेदेखि १२ गतेसम्म बेंसीसहर हुँदै खाङसार जाने सडक तथा लमजुङको सीमादेखि खाङसारसम्म रातिको समयमा सवारी आवागमन रोक लगाइएको छ। बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।

बागमतीका विभिन्न सडकमा रातिको आवागमन बन्द

Xtrem

Xtrem

चितवनमा असोज ८ गते राति ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सम्पूर्ण सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको थियो। निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि आवागमन रोकिएको हो।

धादिङमा पनि असोज ८ गते बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वीराजमार्गमा सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको थियो।

मकवानपुरमा असोज ९ देखि ११ गतेसम्म भारी वर्षा र हावाहुरीको सम्भावनाका कारण सडक सञ्चालनको समय निर्धारण गरिएको छ। कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म चौघडाबाट काठमाडौंका लागि सवारी प्रस्थान गर्न दिइनेछ।

भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौं जाने सडकमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म हेटौँडाको चौकीटोलबाट काठमाडौं तथा फाखेलको हुमाने र सिस्नेरीको रामचन्द्र भञ्ज्याङबाट हेटौँडातर्फ सवारी प्रस्थान गर्न दिइनेछ। उल्लेखित सडक तथा राजमार्गमा बेलुका ७ बजेपछि रातिको समयमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

सिन्धुलीमा असोज ८ देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा आवागमन पूर्ण रूपमा रोकिएको छ।

दोलखामा असोज ८ देखि १० गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका सबै सडकखण्डमा आवागमन रोक लगाइएको छ।

काभ्रेमा असोज ८ देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सम्पूर्ण सवारीसाधनको आवागमन रोक लगाइएको छ।

सिन्धुपाल्चोकमा असोज ८ देखि ९ गतेसम्म बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा आवागमन रोक लगाइएको छ।

यसैबीच, काभ्रेको रोशी गाउँपालिका–७ चारसयबेँसी र रोशी गाउँपालिका–८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा असोज ९ गते बिहान करिब ४ः३० बजे सडक माथिबाट पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ।

चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित पृथ्वीराजमार्गमा असोज ९ गते बिहान करिब ६ः१५ बजे सडक भासिएको छ। सडक भासिएपछि साना सवारीसाधन र मोटरसाइकल सञ्चालन गर्न सकिने भए पनि ठूला सवारीसाधन पास हुन नसक्ने अवस्था रहेको जनाइएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह
आज इन्द्रजात्रा पर्व मनाइँदै
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स
सम्बन्धित सामग्री
भारी वर्षापछि देशका विभिन्न सडकमा आवागमन प्रभावित, केही राजमार्ग पूर्णरूपमा अवरुद्ध भारीदेखि अति भारी वर्षाको सम्भावनाका कारण देशका विभिन्न जिल्लामा सडक तथा राजमार्गमा राति सवारी आवागमन रोक लगाइएको छ भने केही स्थानमा... शुक्रबार, असोज ९, २०८३
बीपी र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध काभ्रेको बीपी राजमार्गमा पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ भने चितवनको पृथ्वी राजमार्गमा सडक भासिएपछि ठूला सवारीसाधन सञ्चालन ह... शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध पृथ्वीराजमार्गमा पहिरो खस्दा सडक दुईतर्फी रूपमा पूर्णरूपमा अवरुद्ध भएको छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
विपत्तिमा गरिब देशलाई ठूलो ऋण दिएर अन्तर्राष्ट्रिय समुदाय पन्छिन मिल्दैन : शाह शुक्रबार, असोज ९, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै शुक्रबार, असोज ९, २०८३
गाक्पोको गोलमा हारबाट जोगियो नेदरल्यान्ड्स शुक्रबार, असोज ९, २०८३
बालेनले भने– नेपाल एक्लैले जलवायु उत्थानशीलता निर्माण गर्न सक्दैन शुक्रबार, असोज ९, २०८३
साना र गरिब देशहरूको उपस्थिति महसुस हुने संयुक्त राष्ट्रसंघ चाहिन्छ : शाह शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्