• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, जेठ १४, २०८२ Wed, May 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
किन पक्राउ परे माओवादी नेता कालीबहादुर खाम?
64x64
नेपाल लाइभ मंगलबार, चैत २०, २०८०  १९:४०
1140x725

काठमाडौं- घटना भएको करिब १५ वर्षपछि माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको हो भने उनको मुद्दा चितवन जिल्ला अदालतमा भएकाले सोही अदालतमा पेस गर्ने गरी पठाउने भएको छ। 

कुनै समय माओवादी जनयुद्धका चर्चित कमान्डर रहेका खाम जनयुद्धबाटै उठेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारले पक्राउ गरेको हो। 

प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरिरहँदा लगातार माओवादी केन्द्रका नेताहरु पक्राउ परिरहेका छन्। केही समयअघि माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा भेपमार्फत सुन तस्करीमा संलग्न भएको भनी अनुसन्धानका लागि पक्राउ परेका थिए। 

उनी बयान सकेर हाल रिहा भएका छन्। त्यसको केही समयपछि नै जनमुक्ति सेनाको तेस्रो डिभिजनको कमान्डरको रुपमा जनयुद्धमा सफल कमान्डरको छवि बनाएका  खाम कर्तब्य ज्यान मुद्दामा पक्राउ परेका हुन्। 

खाम शान्ति प्रक्रियामा आएपछि धेरै विवादहरुमा तानिँदै आएका थिए। कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको चितवनको शक्तिखोरमा अपहरण गरेर राखी यातना दिएर हत्या गरेको अभियोगमा अहिले उनलाई पक्राउ गरिएको हो। खाम त्यस बाहेक हातहतियार खरखजाना, डाँका चोरी र सरकारी छाप दस्तखत कीर्तेमा पनि विवादमा तानिएका थिए। 

उनी एकपछि अर्को विवादमा परिरहे तर माओवादी केन्द्र सधैँ सत्तामा रहँदा उनी फरार हुँदै उम्कँदै आएका थिए। तर अहिले सरकारले उनलाई पक्राउ गरेको छ। अब उनी सुरुमा रामहरि श्रेष्ठ हत्यामा सजाय भोग्नेछन्।  

चितवन जिल्ला अदालतमा मुद्दा दायर भए लगत्तै फरार रहेका उनी सम्पर्कमै नआएपछि मुद्दा मुल्तवीमा राखिएको थियो। हत्यामा संलग्न आरोपी ब्रिगेडियर कमाण्डर गोविन्दबहादुर बटाला थुनामुक्त भइसकेका छन्।

जिल्ला अदालत चितवनले २०६८ चैत १७ मा बटालालाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो। सर्वोच्च अदालतले उनलाई सफाइ दिएको थियो। उनलाई सफाइ दिने निर्णय विरुद्ध भने सरकारले पुनरावेदन दर्ता गराएको छ। उक्त पुनरावेदन सर्वोच्चमा विचाराधीन रहेको छ। सर्वोच्चले सफाइ दिएको र सरकारले पुनरावेदन गरेको भए पनि वटाला आफूलाई भएको ३ वर्ष १५ दिन कैद भुक्तान गरेर छुटेका छन्।  

Ncell 2
Ncell 2

तर, खामको हकमा भने सुरुमै मुल्तवीमा बसेको थियो।  जिल्ला अदालत चितवनले त्यसबेला खाम फरार रहेको भन्दै मुद्दा मुल्तबीमा राखेको थियो। अब उनी पक्राउ परेकाले मुल्तबीबाट मुद्दा जगाएर सुनुवाइ अघि बढ्नेछ। जिल्लाले पून सुनुवाइ अघि बढाउँदै खामलाई सफाइ दिने वा दोषी ठहर गर्नेबारे निर्णय सुनाउनेछ। जिल्लाले सुरुमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने कि धरौटीमा रिहा गर्ने निर्णय गर्नेछ। 

जिल्लाले मुल्तबीबाट जगाएर थुनछेक बहसमा धरौटी माग गरेमा उक्त धरौटी रकम बुझाएर उनी रिहा हुनेछन्। यदि जिल्लाले पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेमा भने उनी थुनामै बस्नेछन्। 

यस्तो थियो घटना 
२०६५ वैशाख १५ गते कोटेश्वरबाट तत्कालीन माओवादी निकट रहेका व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिइयो। श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको क्याम्पमा पुर्‍याइएको थियो। श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयमा चोरी भएपछि उनीसहित तीन जनालाई नियन्त्रणमा लिइएको थियो। 

श्रेष्ठको घरबाट २०६४ चैत १४ गते १७ लाख नगदसहित हतियार चोरी भएको थियो। श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएर शक्तिखोर पुर्‍याइएको थियो।  

अत्यधिक कुटपिटबाट मृत्यु भएपछि २०६५ वैशाख २८ गते बिहान नारायणी नदीमा उनको शव फ्याँकिएको थियो। उनको मृत्युपछि श्रीमती रमिला श्रेष्ठले आफ्ना पतिको अपहरण भई हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। 

बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्की घटनामा संलग्नता भएको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो। उक्त मुद्दामा सुनुवाइ गर्दै २०६८ जेठ १७ गते फैसला भयो।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएको थियो। खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरुको मुद्दा अदालतले मुल्तबीमा राखेको थियो। जिल्लाको फैसलापछि बटाला थुनामा गएका थिए।

त्यस्तै अर्का प्रतिवादी कार्कीलाई २० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाइएको थियो। सरकारी वकिलले बटालालाई अभियुक्तको रुपमा प्रस्तुत गर्दै जन्मकैद हुनुपर्ने माग अभियोगपत्रमा गरेको थियो। मुख्य अभियुक्त नभई ‘मार्ने ठाउँमा गई अरु केही नगरी हेरिबसेको ठहर गर्दै उनलाई सो सजाय गरिएको थियो।

बटालाले आफूले १७ लाख र एक पेस्तोल हराएको घटनाको अनुसन्धानका लागि व्यवसायी श्रेष्ठ, अधिकारी र थापालाई नियन्त्रणमा लिएको स्वीकारेका थिए। साथै, बाहिरबाट ढोका बन्द गरी यी तीनै जनालाई एकै कोठामा राखेकोमा अधिकारी र थापाको कुटपिटबाट श्रेष्ठको ज्यान गएको दाबी गरेका थिए।

जिल्लाको फैसला विरुद्ध सरकारी पक्षले पुनरावेदन गरेपछि २०७० माघ ५ गते जिल्लाकै फैसला सदर हुने फैसला भएको थियो। सरकारी पक्षले तत्कालीन पुनरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेको थियो। ५ माघ २०७० मा पुनरावेदन अदालतका न्यायाधीशहरु तिलप्रसाद श्रेष्ठ र विनोदप्रसाद शर्माले जिल्ला अदालतका सबै फैसला सदर गरेका थिए।

त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च आएका थिए। उक्त मुद्दामा सर्वोच्चले २०७६ फागुन १८ गते बटालालाई सफाइ दिने फैसला सुनाएको थियो। काठमाडौंबाट शक्तिखोर पुर्‍याएपछि सोधपुछका क्रममा श्रेष्ठले चोरीको घटनामा अधिकारी, थापा र आफ्नो संलग्नता स्वीकारेको बयान बटालाले अदालतमा दिएका थिए।

सोधपुछपछि तीनै जनालाई एउटै कोठामा राखेकोमा आफूहरुको पोल खुलाइदिएको भन्दै अधिकारी र थापाले कुटपिट गर्दा श्रेष्ठ गम्भीर घाइते भएका र उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको बटालाले बताएका थिए।

श्रेष्ठको मृत्युबारे जानकारी दिनका लागि आफू फोन गर्न गाडीबाट झरेको अवस्थामा अधिकारी र थापाले श्रेष्ठको शवलाई नारायणी नदीमा फ्याँकी फरार भएको उनले बताएका थिए।

 

यो पनि पढ्नुहोस

व्यापारी रामहरि श्रेष्ठको हत्यामा माओवादी नेतालाई सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वोच्चमा 

यो पनि पढ्नुहोस

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : 'काठमाडौंबाट बटालाले लगेको हो, हत्या गरेको होइन'

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीले कालीबहादुर खाम सम्झिँदा चहर्‍याएको रमिलाको घाउ [भिडियाेसहित]

 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १९:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाटोमा हिँडिरहेको बेला माथिबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक जना घाइते
प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा साथमा गृहमन्त्री लेखक पनि
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सम्बन्धित सामग्री
प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा साथमा गृहमन्त्री लेखक पनि अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक बालुवाटार पुगेका हुन् । बुधबार, जेठ १४, २०८२
गभर्नर पौडेलविरुद्धको रिटको पेशी आज नेपाल राष्ट्र बैंक ऐन– २०५८ ले अनिवार्य गरेको विज्ञता नभएको व्यक्तिलाई गभर्नर नियुक्त गरिएको भन्दै उनीहरूले रिट दायर गरेका हुन् । बुधबार, जेठ १४, २०८२
सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पे... बुधबार, जेठ १४, २०८२
ताजा समाचारसबै
बाटोमा हिँडिरहेको बेला माथिबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक जना घाइते बुधबार, जेठ १४, २०८२
प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा साथमा गृहमन्त्री लेखक पनि बुधबार, जेठ १४, २०८२
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, जेठ १४, २०८२
चीनमा रासायनिक प्लान्टमा विस्फोट हुँदा पाँच जनाको मृत्यु बुधबार, जेठ १४, २०८२
आगलागीमा परी लमजुङमा एक महिलाको मृत्यु बुधबार, जेठ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित मंगलबार, जेठ १३, २०८२
युवा संघको चुनावमा १४०४ भोट खस्यो, ३ घण्टामा नतिजा आउने मंगलबार, जेठ १३, २०८२
५३ करोड ७६ लाख रुपैयाँ बराबरको अनुदान स्वीकृतदेखि सचिव सरुवासम्म - यी हुन् मन्त्रिपरिषद् बैठकका २८ निर्णय मंगलबार, जेठ १३, २०८२
कांग्रेसको आग्रह : हाम्रो पनि कुरा सुन्नुपर्छ मंगलबार, जेठ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्