• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रधानमन्त्रीले कालीबहादुर खाम सम्झिँदा चहर्‍याएको रमिलाको घाउ [भिडियाेसहित]

'राजनीति त अरुका पीडामाथि टेकेर अग्लो बन्ने ठाउँ रहेछ'
64x64
डिबी खड्का शुक्रबार, माघ ९, २०७७  ०८:३०
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १५ गते राजधानीमा आयोजित एक भेलालाई सम्बोधन गर्ने क्रममा भने, 'कालीबहादुर खामहरू कता छन्?' 

प्रधानमन्त्री ओली प्रहरीका आँखामा 'फरार अपराधी' खामलाई पक्रेर सजाय दिलाउन खोजिरहेका थिएनन्, उल्टो पुष्पकमल दाहाल 'प्रचण्ड'ले उनलाई अलपत्र पारेकोमा सहानुभूति प्रकट गरिरहेका थिए।

प्रधानमन्त्री ओलीले  राज्यको नजरमा फरार रहेका खामप्रति सहानुभूति देखाइरहँदा यता पीडित रमिला श्रेष्ठलाई भने खाटा बस्नै लागेको घाउ कोट्याएर नुनचुक छर्के जस्तो भइरहेको छ। 

बिस्मृतितिर धकेलिन लागेका सम्झना र खाटा बस्नै लागेको घाउ बल्झिएर उनलाई फेरि विक्षिप्त बनाइरहेको छ। श्रीमानको हत्यापछि आफैंलाई सम्हालिरहेकी उनले अनामनगरस्थित युनिक रेस्टुरेन्टमा मंगलबार भेट हुँदा आफूलाई सम्हाल्न सकिनन्। धेरै वर्ष लगाएर ओठमा ल्याउन खोजेको मुस्कान अचेल फेरि गायब भएको छ र ओभाएका आँखा फेरि भिज्न थालेका छन्।

नेपाल लाइभसँगको भेट र कुराकानीमा आँशुसँग शब्द मिसाउँदै अनुभूति सुनाइन्, 'निको हुन लागेको घाउ फेरि कोट्याएर रगत बगेजस्तो भएको छ। यो जुनीमा न्याय नपाउने भएँ जस्तो लागिरहेको छ।'

प्रधानमन्त्रीले त्यसरी खामप्रति सहानुभूति जनाएको दिनदेखि नै उनी बेचैन छिन्। कुनैबेला प्रधानमन्त्री ‌ओली माओवादीका कटु आलोचक थिए। भाषणमा रमिलाका श्रीमान् रामहरि श्रेष्ठको हत्याको विषयलाई लिएर माओवादीलाई गाली गर्थे। त्यसैले उनलाई लाग्थ्यो, 'उहाँ त माओवादी विरोधी हो नि। उहाँ सरकारमा आउनुभयो भने न्याय दिलाउनुहुन्छ।' किनभने त्यो समय प्रधानमन्त्री ओली 'खामलाई माओवादीले संरक्षण गरिरहेको छ, एकदिन समातिन्छ' भन्थे।

यो पनि पढ्नुहोस्

व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरण : 'काठमाडौंबाट बटालाले लगेको हो, हत्या गरेको होइन'बिहीबार, साउन २२, २०७७

ओली निकटस्थ नेताहरु महेश बस्नेत, निरु पाल लगायतले नेतृत्व गरेको युवा संघले श्रेष्ठको हत्याका दोषीलाई कारबाहीको माग गरिरहेकी रमिलालाई सडकमा पुगेर साथ दिए। त्यही साथमा हात मिलाउँदै रमिला युवा संघको केन्द्रीय सदस्य बनिन्। 

nimb
nimb

राजनीति उनको रुचिको विषय थिएन। आफ्ना श्रीमानको न्यायका लागि उनी जुनसुकै हदसम्म पुग्न सक्थिन्। त्यसैको एउटा उपक्रम थियो यो। उनलाई लागेको थियो, 'नेताहरु चिनिन्छ। त्यसले न्याय पाउन सजिलो हुन्छ।'

उनले सुनेकी थिइन्, राजनीति फोहोरी खेल हो। आफैंले नजिकबाट नियालेपछि थाहा भयो, भन्नेले सही भनेका रहेछन्। पीडितका पीडा अनुभूत गरेर राजनीतिज्ञहरु सहयोगको हात बढाउने रहेनछन्, उनीहरुलाई त 'अजेन्डा' न चाहिने रहेछ। रामहरि श्रेष्ठ हत्याकान्डको 'अजेन्डा'मा टेकेर उचाइ बढाएका केही नेता छन्। उनीहरुसँग पनि सुरुमा केही आशा थियो, तर त्यो निराशामा परिणत भएको पनि केही समय भइसक्यो। अचेल उनलाई लाग्छ, 'राजनीति त अरुका दु:ख र पीडामाथि टेकेर अग्लो बन्ने ठाउँ रहेछ।'

उनीहरुका निहित स्वार्थमा आफूहरु प्रयोग भएको महसुस गर्छिन्। तत्कालीन नेकपा एमालेले माओवादीविरोधी माहोल बनाउन उनीसँग सहकार्य गर्‍यो। युवा संघ सडकमा उनीसँगै थियो।  माधव नेपाल प्रधानमन्त्री भएका बेला रमिलालाई घरमै पुगेर भेटे। ओलीले पनि त्यो बेला रमिलासँग भेट्दा पटक–पटक आश्वासन दिए। 

नेकपा ‌एमाले र माओवादी केन्द्रबीच एकता हुँदा उनलाई खुसी लागेको थियो। 'अब दुवै दलका शीर्ष नेताहरु एकै ठाउँ आइपुगे। कम्युनिष्ट एक भए न्याय पाउँछौं भन्ने सोचेकी थिएँ,'  उनले भनिन्। 

यो पनि पढ्नुहोस्

व्यापारी रामहरि श्रेष्ठको हत्यामा माओवादी नेतालाई सफाइ दिने फैसलाविरुद्ध सरकार सर्वोच्चमा बुधबार, असोज ७, २०७७

एक हुँदा पनि केही गरेनन्। फेरि छुट्टिए। तर पनि उनको आशा मरिसकेको थिएन। तर अहिले सुनिरहेकी छिन्- 'खामले त प्रधानमन्त्री ओलीलाई भेटे। गृहमन्त्री रामबहादुर थापा बादलले नै लिएर प्रधानमन्त्री ओलीसँग भेट गराए। केन्द्रीय सदस्य बनाइँदै छन् रे।'

त्यसपछि न्याय पाउने झिनो आशा पनि मरेको अनुभूति गरिरहेकी छिन्। यतिबेला प्रधानमन्त्री ओलीले आफ्नो राजनीतिको रोटी सेकाउन खामलाई स्मरण गरेपछि रमिलालाई सोध्न मन लागेको छ, 'प्रधानमन्त्रीले पद जोगाउन अपराधी संरक्षण गर्ने दिन आएको हो? प्रधानमन्त्री भनेको सबै जनताको अभिभावक हो भन्ने बिर्सिनुभएको हो?'

आत्मीय मात्रै नभई जीवनकै आड-भरोसा उजाडिएको यथार्थले रमिलालाई जीवनभर पछ्याउने नै छ। तर पीडितलाई अदालतले तोकेको दण्डले आफ्नो मनमा लागेको घाउ पुर्ने 'एन्टिबायोटिक'को काम गर्थ्यो भन्ने उनलाई लाग्छ। आँशु पुछ्दै भनिन्, 'न्याय पाएको भए घाउ खाटा बस्थ्यो, नपाएसम्म यस्तै हो।'

रामहरि श्रेष्ठको हत्या भएको १२ वर्ष भयो। नेपालीमा उखान छ- १२ वर्षमा त खोलो पनि फर्किन्छ। बितेको समय र मान्छे फर्केर आउने कुरा भएन। आशा न्यायकै हो।

२०६५ साल वैशाख १५ गते कोटेश्वरबाट व्यापारी रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिइयो। श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिबिरमा पुर्‍याइएको थियो। श्रेष्ठको घरमा ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख नगदसहित हतियार चोरी भएको थियो। श्रेष्ठसहित केशव अधिकारी र गंगाराम थापालाई नियन्त्रणमा लिएर शक्तिखोर पुर्‍याइएको थियो। श्रेष्ठ फर्किने आशा गरेर बसेको परिवारले २०६५ वैशाख २८ गते बिहान नारायणी नदीमा शव फ्याँकिएको खबर पायो।

उनको मृत्युपछि श्रीमती रमिलाले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। गाेबिन्दबहादुर बटालासहित तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइयो। उक्त मुद्दामा सुनुवाइ गर्दै २०६८ जेठ १७ गते फैसला भयो।

जिल्ला न्यायाधीश भोजराज अधिकारीको इजलासले बटालालाई तीन वर्ष कैद हुने फैसला सुनाएको थियो। त्यो पुनरावलोकन प्रक्रियामा छ। खाम, अधिकारी र थापा फरार रहेको भन्दै उनीहरुको मुद्दा अदालतले मुल्तबीमा राखेको छ। मुद्दा चलेदेखि नै अदालतमा उपस्थित नभएका खाम राज्यका नजरमा 'फरार अभियुक्त' हुन्।

यो पनि पढ्नुहोस्

गोविन्द बटालालाई सफाइ दिने निर्णय सर्वोच्चले उल्टायोबिहीबार, असोज १५, २०७७

आफूले किटानी जाहेरी दिएका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान होस् भन्ने चाहना पीडितको हुन्छ। अन्यायमा परेको मान्छेले न्यायको आशा गर्नु स्वभाविक हो। वर्षका ३६५ दिन गन्ने हो भने पनि न्यायको गुहारमा ७ वर्ष र व्यवसाय र परिवारका लागि बाँकी ५ वर्ष समय दिए जस्तो लाग्छ उनलाई।

'नधाएको ठाउँ रहेन। नभेटेको नेता रहेन। भनसुन नगरेको ठूलो मान्छे छैन। ज्ञापनपत्र नदिएको गृहमन्त्री छैन,' उनले अनुभव सुनाइन्, 'सामान्य केस भए त बिर्से होलान् भन्नु। भेट्दै नभेटेको भए थाहा भएन होला ठान्नु। कसरी बिर्सेका होलान्?'

श्रीमान् जीवित हुँदासम्म रमिला विशुद्ध गृहिणी थिइन्। उनलाई बाहिरको कुनै काम थाहा थिएन। देशको राजनीतिसँग कुनै लेनादेना थिएन। 

मारिएपछि उनीमाथि एक्कासि दुई सन्तानको अभिभावकत्व, श्रीमानले चलाएको रेस्टुरेन्ट र न्याय खोज्नुपर्ने बाध्यता आइलाग्यो। उनले सम्झिइन्, 'छोराछोरी सम्हाल्नुपर्ने, बुबाआमाको ख्याल राख्नुपर्ने, रेस्टुरेन्ट चलाउनुपर्ने र कहिले चितवन, कहिले हेटौंडा धाउनुपर्ने, आन्दोलन गर्नुपर्ने एकै पल्ट आइलाग्यो। सुरुमा निकै आत्तिएँ तर परेपछि सिकिँदोरहेछ, सिकें।'

जीवनमा आइलाग्ने बाध्यताहरुसँग सम्झौता हरेकले गर्नुपर्छ। रमिलाले पनि गरिरहेकै छिन्। उनको प्रश्न छ, 'यो देशमा अब न्यायसँग पनि सम्झौता गर्ने दिन आएको हो?' 

 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  ०८:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? ४३१.१ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको छ । त्रिशूली नदी बेसिनमा सञ्चालित प्राधिकरण, सहायक कम्पनी तथा निजी क्षेत्रका १२ वटा विद्... बुधबार, भदौ १०, २०८३
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान वैकल्पिक ऊर्जा प्रवद्र्धनको क्षेत्रमा काम गर्दै आएका अर्घाखाँचीका इन्जिनियर रेशम नेपालीले धो तारापमा सोलार बत्ती जडान गर्ने क्रममा क... मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना सामान्य खोकीबाट सुरु भएको समस्या गम्भीर बन्दै गएपछि तीनवटा अस्पताल पुगेका ७ वर्षीय बालकको फोक्सोमा देखिएको समस्या अन्ततः श्वासनलीमा... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिबार, भदौ १३, २०८३
भोटेकोशी विपद्मा चीनको साथ : २० लाख डलरसहित सुरुङ उद्धारका लागि विज्ञका दुई टोली नेपाल आउँदै शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
पहिरोपछि बनेको तालको जलस्तर र रङमा परिवर्तन, अचानक पानी बढ्न सक्ने चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्