• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्मला हत्या प्रकरण : सिआइबीका पूर्वप्रमुखको प्रश्न– अब कसले गर्छ अनुसन्धान?

64x64
नेपाल लाइभ मंगलबार, असोज २, २०७५  ०९:२२
1140x725

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५५ दिन पुगेको छ। साउन १० गते घरबाट हराएकी उनको शव भोलिपल्ट बिहान उखुबारीमा भेटिएको थियो। उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ। 

तर घटना भएको २ महिना पुग्न लाग्दासमेत हत्यारा पत्ता लाग्न सकेको छैन। घटनाको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट डिएसपी अंगुर जिसीसहितको टोली कञ्चनपुर पुगेको थियो। डिएसपी जिसी र कञ्चनपुर प्रहरीले हत्याको आरोपमा स्थानीय दिलिप विष्टलाई पक्राउ गरेको थियो। पछि डिएनए परीक्षणबाट निर्दोष साबित भएपछि उनी रिहा भए। उनीसँगै पक्राउ परेका रोशनी बम र बबिता बम (दिदीबहिनी) पनि रिहा भए। 

घटनाको छानबिन गर्न गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा एउटा टोली गठन गरेको थियो। टोलीले मन्त्रालयमा प्रारम्भिक प्रतिवेदनसमेत पेस गरिसकेको बताइएको छ। उक्त प्रतिवेदनपछि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, सिआइबीका डिएसपी अंगुर जिसीसहित ५ जना प्रहरीलाई निलम्बन गरेर उनीहरुमाथि अनुसन्धान भइरहेको छ।

अहिले पुन: अपराध अनुसन्धान विभागका डिआइजी धीरु बस्न्यातको नेतृत्वमा ९ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ। टोलीले अनुसन्धान गरिरहेको छ। 

अपराधी पत्ता लगाउने अहिले एउटा मात्रै बाटो खुल्ला छ– पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरल वस्तु) । शंका गरिएका व्यक्तिको डिएनए परीक्षण गरेर स्वाबसँग मिले मात्रै अपराध पुष्टि हुन्छ। 

अपराधको अनुसन्धान घटनास्थलबाट सुरु हुन्छ। तर पन्त हत्या घटनाका अरु सबै प्रमाण नष्ट भएका छन्। घटनास्थलको प्रमाण नष्ट हुँदा अनुसन्धान जटिल बनेको छ। 

प्रहरी घटनास्थल पुग्दा ९० प्रतिशत प्रमाण नष्ट भइसकेका हुन्छन्। बाँकी १० प्रतिशत प्रमाणबाट प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ। ती १० प्रतिशत प्रमाण पनि नष्ट गरिएकाले अपराधी पत्ता लगाउन समस्या भएको एक पूर्व अधिकारीले बताए। 

'क्राइम सिन'मै समस्या
अपराध अनुसन्धानमा घटनास्थलको सबुत पहिलो प्रमाण हुने भए पनि अनुसन्धानमा विशेषज्ञता भएका प्रहरी घटनास्थल नपुग्ने भएकाले अपराधी पत्ता नलाग्ने गरेको नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

‘क्राइम सिन अपराध अनुसन्धानको पहिलो प्रमाण हो। घटनास्थलको सबुत कसरी जुटाइन्छ र त्यसको अवस्थाको विश्लेषण कसरी गरिन्छ? यसको असर अनुसन्धानको अन्तिम बिन्दुसम्म देखापर्छ,’ उनी भन्छन्। 

निर्मला पन्तको केसमा जानेर वा नजानेर प्रमाण नष्ट भएको अनुसन्धानमा विज्ञ मानिने सिआइबीका पूर्वप्रमुख समेत रहेका मल्लले बताए। 

अपराध अनुसन्धानको पहिलो सिँढी हो 'सिन अफ क्राइम इन्भेस्टिकेसन अफिसर' (सोको टिम)। यसमा घटनास्थललाई सुरक्षित राखेर सोको टिमले रगत, कपडा, हतियार, चप्पल लगायतका सबुत प्रमाण जुटाउने काम गर्छ। 

सिन अफ क्राइम संकलनमै कमजोरी भयो भने वर्षौंसम्म पनि अपराधी पत्ता लाग्न सक्दैन। उक्त टिमसँग भएको सोको किटमार्फत यस्ता प्रमाण संकलन गरी ल्याब टेस्टका लागि पठाइन्छ। तर निर्मलाको केसमा त्यो लागू भएको देखिन्न। 

Xtrem

Xtrem

घटनास्थललाई सुरक्षित राख्न विकसित मुलकमा 'क्राइम सिन प्रोटेक्सन' विधि हुने विज्ञहरु बताउँछन्। यसमा घटनास्थलमा एउटा टेन्ट खडा गरिन्छ। र चारैतिरबाट घटनास्थललाई घेरेर सुरक्षित बनाइन्छ। यही टेन्टभित्रबाट प्रविधिमार्फत घटनाको सबुत प्रमाण जुटाइन्छ। 'प्रहरीलाई अनुसन्धान गर् मात्रै भन्ने तर यस्ता प्रविधिमा ध्यान नदिँदाको परिणाम अहिले देखिएको' एक पूर्वप्रहरी अधिकारीले बताए।

विकसित मुलुकमा भने 'क्राइम सिन भ्यान' हुन्छ। यसमा सोको किट टिम र क्राइम सिन प्रोटेक्सनको टोली हुन्छ। यो टिमले घटनास्थलका सबुत प्रमाणलाई सुरक्षितसँग ल्याब टेस्टमा पठाउँछ। तर नेपालमा यस्तो आधारभूत प्रयास पनि भएको पाइँदैन। नेपाल प्रहरीसँग सोको किट टिम देशभर भए पनि क्राइम सिन प्रोटेक्सन र क्राइम सिन भ्यान छैन। जसका कारण सोको किट टिमले राम्रोसँग काम गर्न नसक्दा अपराधी पत्ता नलागेको प्रहरी अधिकारीले बताउने गरेका छन्। अपराध अनुसन्धानको मेरुदण्ड मानिने क्राइम सिनमै त्रुटि भएपछि अपराधी पत्ता लाग्न समस्या हुन्छ।

दबाबले अनुसन्धान हुँदैन, स्वतन्त्र छोड्नुपर्छ
प्रहरी घटनास्थल पुग्नुअगावै धेरै प्रमाण नष्ट भइसकेकाले सानो प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान गर्नुपर्ने हुन्छ। अनुसन्धान जस्तो जटिल काममा दबाब दिनु हुँदैन, स्वतन्त्र रुपमा छोड्नुपर्न भन्ने मान्यता छ। तर निर्मलाको केसमा त्यो लागू नभएको अनुसन्धानमै खटिएका प्रहरी अधिकारीले बताउँछन्।

‘जतिसक्दो छिटो अपराधी पक्राउ गर् भनेर दबाब मात्रै दिएपछि अनुसन्धानमा त्रुटि भएको हुन पनि सक्छ,’ अनुसन्धानमा संलग्न एक अधिकारीले भने।

पूर्वडिआइजी मल्ल भने जतिसक्दो छिटो अपराधी पक्राउ गर् भनेर टोलीलाई  स्थानीय बासिन्दा, मातहतको प्रहरी निकाय, आइजिपी, गृहमन्त्री, प्रधानमन्त्री लगायतबाट आउने दबाबका कारण वास्तविक अपराधी पक्राउ गर्न ढिलाइ भएको हुन सक्ने बताउँछन्।

दबाब दिएर अनुसन्धान गर्न लगाउने र उल्टै अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई निलम्बन गरेपछि अब कसले अनुसन्धान गर्ने भन्ने गम्भीर प्रश्न उठेको मल्ल बताउँछन्। ‘मैले निर्मलाको केसमा मात्रै भनेको होइन। अनुसन्धान गर्नेलाई नै कारबाही हुन थालेपछि यसपछिका अपराध अनुसन्धान गर्न को प्रहरी अगाडि सर्छ?’ उनले प्रश्न गरे। अनुसन्धानमा सानो विज्ञ टिम बनाएर दबाब नदिई काम गर्न दिने हो भने निर्मलाका हत्यारा चाँडै पत्ता लाग्ने मल्लले सुझाव दिए।

प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  ०९:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अभिनेता मुश्ताक खानको निधन, ‘आशिकी’देखि ‘वेलकम’सम्मका भूमिकाबाट बनाएका थिए छुट्टै पहिचान बिहीबार, असोज ८, २०८३
अमेरिकाबाट प्रधानमन्त्री बालेनले गरे यस्तो चिन्ता, पूर्व तयारीबारे दिए जानकारी बिहीबार, असोज ८, २०८३
वर्षाका कारण हुने सम्भावित जोखिम रोक्न सबै संयन्त्र परिचालन, सरकारको तयारी के–के छ? बिहीबार, असोज ८, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री शाहले भोलि बिहान ५ बजे संयुक्त राष्ट्रसंघ महासभालाई सम्बोधन गर्दै बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्