एलेप्पो- सिरियाको उत्तरी शहर एलेप्पोमा रहेको सैनिक शिविरलाई लक्षित गरी शुक्रबार बिहानैदेखि इजरायली हवाई आक्रमणमा ३६ सिरियाली सैनिकको मृत्यु भएको एक युद्ध अनुगमनले जनाएको छ।
सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको जिब्रिन क्षेत्रमा रहेको हिज्बुल्लाह गोदाममा आक्रमण भएको थियो।
बेलायतमा रहेको वाचडग समूहले उत्तरी अलेप्पोको ग्रामीण इलाकामा करिब तीन घण्टासम्म चलेको आक्रमणमा इजरायली हवाई आक्रमणका कारण सबैभन्दा बढी सिरियाली सैनिकको मृत्यु भएको बताएको छ। सफिरा क्षेत्रमा रहेको डिफेन्स फ्याक्ट्रीहरूलाई पनि निशाना बनाइएको थियो।
सिरियाली रक्षा मन्त्रालयको विज्ञप्तिमास्थानीय समय अनुसार शुक्रबार सवा दुई बजे इजरायली सेनाले अलेप्पोको दक्षिणपूर्वमा रहेको एथ्रियाको दिशाबाट हवाई आक्रमण शुरु गरेको थियो।
- एजेन्सी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।